प्रशान्तले १८ नम्बर वडामा पुगेर भने–‘सानुसहितको टिमलाई जितानुहोस् नमुना वडा बनाउँछौं ।’


प्रशान्तले १८ नम्बर वडामा पुगेर भने–‘सानुसहितको टिमलाई जितानुहोस् नमुना वडा बनाउँछौं ।’

नेपालगन्ज २३ वैशाख : नेपाली काँग्रेस र जनता समाजवादीको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट चुनावी घरदैलोका लागि आज विहानै वडा नम्वर १८ मा पुगे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १८ का वडाअध्यक्ष पदका उम्मेदवार मंगलप्रसाद बर्मा ‘सानु’सहितका उम्मेदवार तथा नेताहरु सहभागी घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित देखिए ।

मतदाताहरुले नगरप्रमुख पदमा विष्ट र वडाअध्यक्ष पदका अध्यक्ष बर्मासँगै सम्पूर्ण टिमलाई जिताउनुको विकल्प नभएको बताए ।

‘युवा जोश जाँगर भएका उम्मेदवारलाईनै मतदान गर्ने हो मतदाताहरुले भने–‘त्यो जोश जाँगर विष्टमा देखियो हाम्रो भोट उहाँहरुलाई पक्का हो ।’ विष्टले कारकाँदो, लग्दहवालगायतका स्थानमा आयोजना गरिएका कोणसभालाई समेत सम्बोधन गर्दै बताए ।

Kanti Aarogya Hospital Nepalgunj

ति कोणसभालाई सम्बोधन गर्दै विष्टले भने–‘सानुसहितको टिमलाई जितानुहोस् नमुना वडा बनाउँछौं ।’ घरदैलो तथा कोणसभा कार्यक्रममा काँग्रेसका शीर्षनेताहरु समेत पुगेका थिए ।