कोहलुर २३ वैशाख : कोहलपुर नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेदवार संगीता सुवेदी आज पनि विहानैदेखि घरदैलोमा निस्कएकाछन् ।
वडाका उम्मेदवारहरुसहित घरदैलामा गएका आचार्यले कोहलपुरको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरे ।
मत माग्दै घरघर पुगेका आचार्यले स्थानीयका समस्या सुन्दै आफू निर्वाचित भए समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत जनाए ।
वडा नम्बर–३ का अध्यक्ष पदका उम्मेदवार मुनिनन्द धिताल र ४ का वडा अध्यक्ष पदका उम्मेदवार सतदेवी तिमिल्सेनासंगै घरदैलोमा पुगेका आचार्य र सुवेदीलाई मतदाताले स्वागत गर्दै सक्षम र जुझारु युवाले कोहलपुर हाँकेको देख्न चाहेको प्रतिक्रिया दिएका थिए ।
उनीहरुले कोहलपुरको भावि नेतृत्व आचार्य र सुवेदीमा देखेकोले सबैले मतदान गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।
सोक्रममा स्थानीयले कोहलपुर बनाउने सपना साकार पार्न आफूहरुलाई अत्यधिक मतले विजयी गराउन आचार्य र सुवेदीले आह्वान गरेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’