कोहलुर २३ वैशाख : कोहलपुर नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेदवार संगीता सुवेदी आज पनि विहानैदेखि घरदैलोमा निस्कएकाछन् ।
वडाका उम्मेदवारहरुसहित घरदैलामा गएका आचार्यले कोहलपुरको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरे ।
मत माग्दै घरघर पुगेका आचार्यले स्थानीयका समस्या सुन्दै आफू निर्वाचित भए समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत जनाए ।
वडा नम्बर–३ का अध्यक्ष पदका उम्मेदवार मुनिनन्द धिताल र ४ का वडा अध्यक्ष पदका उम्मेदवार सतदेवी तिमिल्सेनासंगै घरदैलोमा पुगेका आचार्य र सुवेदीलाई मतदाताले स्वागत गर्दै सक्षम र जुझारु युवाले कोहलपुर हाँकेको देख्न चाहेको प्रतिक्रिया दिएका थिए ।
उनीहरुले कोहलपुरको भावि नेतृत्व आचार्य र सुवेदीमा देखेकोले सबैले मतदान गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।
सोक्रममा स्थानीयले कोहलपुर बनाउने सपना साकार पार्न आफूहरुलाई अत्यधिक मतले विजयी गराउन आचार्य र सुवेदीले आह्वान गरेका थिए ।