डुुडुवा(बाँके) २३ वैशाख : बाँकेको डुडुवा गाउँपालिकाका नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले निर्वाचन नजिकिदै गर्दा घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।
उनीहरुले आज डुडुवा गाउँपालिकाको वडा नम्बर–२ को नौरीगौढी र कोल्हीमा घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा अध्यक्ष पदका उम्मेदवार चौधरीले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र बिपद व्यवस्थापनको क्षेत्रमा आफूले गरेका कामहरुलाई आगामी कार्यकालमा अवसर पाएमा अझै प्रभावकारी बनाउने बताए ।
मतदाताको जिज्ञासा मेटाउँदै उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले गाउँपालिकाले विकासका पुर्वाधार बिकासकासंगै सामाजिक सहभागिता र न्यायको क्षेत्रमा पनि उल्लेखनिय काम गरेकाले आगामी कार्यकालका लागि पनि आफूहरुलाई जिताउन आग्रह गरिन् ।
उनले समुदायमा आधारित विकासका काममा गाउँपालिकाले विशेष जोड दिईरहेको बताइन् । अब एक पटक फेरी बिजयी बनाएर विकासको काममा साझेदारी गर्न उनले आग्रह गरिन ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–२ मा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गजेन्द्र प्रसाद कैरातीले वडाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।