नेपालगन्ज २३ वैशाख : जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार हुन् । यिनै युवा उम्मेदवारका पक्षमा मतदाताहरु खुलेका छन् ।
जिल्लाको सबै भन्दा धेरै ठुला उद्योगहरु भएको पालिकालाई समृद्ध बनाउने अठोट सहित यादव चुनावी घरदैलोमा छन् । यादवले जानकी गाउँपालिकालाई पश्चिमकै ठूलो औद्योगिक करिडोर बनाउन पूर्वाधार निर्माण गर्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । अध्यक्ष पदका प्रत्यासी यादब जनताको मन जित्दै घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।
अध्यक्षका प्रत्यासी यादवको दैनिकी जिवन अचेल बिहानै देखी साँझसम्म जनताको घरदैलो अभियानमा जनतासंग प्रत्यक्ष भेटघाटमा बितिरहेको बताउँछन् । अध्यक्षका प्रत्यासी यादब जनताको घर–घर बस्ती बस्तीमा पुगेर र जनतासँग प्रत्यक्ष भट्दै घरदैलो अभियानमा जुटिरहेका छन् ।
अहिले पनि जानकीमा करोडौ लगानीका ठूला उद्योगहरु रहेका छन् । त्यसका लागि पूर्वाधार निर्माणमा आफ्नो पूर्ण साथ र सहयोग रहने उनको भनाई छ ।
नम्र र सरल स्वभाबका हिमान्शुले जनताको समस्या र अपेक्षालाई केन्द्रबिन्दु बनाएर जनताको हितमा पालिकाको बिकास गर्ने बताए । आफ्नो कार्यकालमा सरकारी सेवा सुविधा केही पनि नलिने यादवले प्रतिवद्धता जनाएका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’