खजुरा २३ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा निर्वाचनको मिति नजिकिदै गर्दा गठबन्धनको जित निश्चित रहेको महसुस उम्मेदवारहरुले गरेका छन् ।
मतदाताहरुले दिएको साथ, समर्थन, हौसला र आर्शिबादले आफूहरुलाई उत्साही बनाएको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनका उम्मेदवारले बताएका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर–२ मा शुक्रबार निकालिएको शक्ति प्रदर्शन एवम् घरदैलो कार्यक्रमले गठबन्धन जितको नजिक पुगेको बताइएको हो ।
खजुरामा गठबन्धनतर्फबाट अध्यक्ष पदका लागि नेकपा माओबादी केन्द्रबाट डम्बर विकको उम्मेदवारी रहेको छ । भने नेपाली काँग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवारमा मञ्जु मल्लले रहेकी छन् ।
खजुरा गाउँपालिकाको सबै स्थानमा गठबन्धनले शक्ति प्रदर्शन गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । जसअन्र्तगत आज वडा नम्बर– २ मा शक्ति प्रदर्शन गर्दै घरदैलो गरिएको छ । रिमझिम चोकदेखि निकालिएको शक्ति प्रदर्शनको र्यालीमा ५ सय बढी स्थानीयको सहभागिता रहेको थियो ।
जनतासँग मत माग्ने क्रममा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार डम्बर बिक र उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लले खजुराको विकासका लागि सहि व्यक्तिको छनोट गर्न अपील गरे । उनीहरुले जनतासँग यसअघि पनि खजुराबासीले माओवादी र काँग्रेसलाई समर्थन गर्दै आएकोले यसपटक अधिक मतले विजयी गराउनेमा आफूहरु विश्वस्त रहेको बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’