मतदाताले दिएको हौसला हेर्दा जितको संघारमा पुगिसकेका छौ : खजुरा गठबन्धन


मतदाताले दिएको हौसला हेर्दा जितको संघारमा पुगिसकेका छौ : खजुरा गठबन्धन

खजुरा २३ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा निर्वाचनको मिति नजिकिदै गर्दा गठबन्धनको जित निश्चित रहेको महसुस उम्मेदवारहरुले गरेका छन् ।

मतदाताहरुले दिएको साथ, समर्थन, हौसला र आर्शिबादले आफूहरुलाई उत्साही बनाएको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनका उम्मेदवारले बताएका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर–२ मा शुक्रबार निकालिएको शक्ति प्रदर्शन एवम् घरदैलो कार्यक्रमले गठबन्धन जितको नजिक पुगेको बताइएको हो ।

खजुरामा गठबन्धनतर्फबाट अध्यक्ष पदका लागि नेकपा माओबादी केन्द्रबाट डम्बर विकको उम्मेदवारी रहेको छ । भने नेपाली काँग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवारमा मञ्जु मल्लले रहेकी छन् ।

Kanti Aarogya Hospital Nepalgunj

खजुरा गाउँपालिकाको सबै स्थानमा गठबन्धनले शक्ति प्रदर्शन गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । जसअन्र्तगत आज वडा नम्बर– २ मा शक्ति प्रदर्शन गर्दै घरदैलो गरिएको छ । रिमझिम चोकदेखि निकालिएको शक्ति प्रदर्शनको र्‍यालीमा ५ सय बढी स्थानीयको सहभागिता रहेको थियो ।

जनतासँग मत माग्ने क्रममा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार डम्बर बिक र उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लले खजुराको विकासका लागि सहि व्यक्तिको छनोट गर्न अपील गरे । उनीहरुले जनतासँग यसअघि पनि खजुराबासीले माओवादी र काँग्रेसलाई समर्थन गर्दै आएकोले यसपटक अधिक मतले विजयी गराउनेमा आफूहरु विश्वस्त रहेको बताए ।