जानकी (बाँके) २३ वैशाख : बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँका जित निश्चित भएको मतदाताहरुले बताएका छन् ।
यो पटको निर्वाचनमा खाँले बहुमत ल्याएर विजयी बन्ने उनीहरुले बताएका हुन् । गाँउपालिकाका सबै वडामा घरदैलो कार्यक्रममा व्यस्त खाँले यसपटकको निर्वाचनमा जनताले काँग्रेसलाई विश्वास गरेको बताए ।
‘गाउँपालिकाको जुन टोल,बस्ती जाउँ सबै ठाउँ काँग्रेसप्रति मतादताको लहर चलेकोछ । हामीलाई नै जिताउने प्रतिबद्धता समेत दिइरहनुभएको छ’ चुनावी प्रचारप्रसारमा ब्यस्त खाँले बताए ।
त्यस्तै नेपाली काँग्रेसबाट उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादवले पनि योपटक काँग्रेसले जानकीबासीको सेवा गर्ने मौका पाउने बताइन । यादव जानकीको सुस्त विकासलाई तीव्र गतिमा लैजान जनताले काँग्रेसलाई जिताउने बताइन् ।
घरदैलो कार्यक्रमअन्तर्गत आज शुक्रबार पनि काँग्रेस उम्मेदवारहरु दिनभर व्यस्त नै रहे । यसअघि जानकी गाउँपालिका वडा नम्बर १, २ मा घरदैलो गरीएकोमा आज वडा नम्बर ६ मा गरिएको हो ।
यस्तै पालिका उम्मेदवारहरुले वडा नम्बर–६ कोठारपुर, भाटनपुरलगायतका स्थानहरुमा घरदैलो गरेका छन् । प्रत्येक घरमा जनतासँग प्रत्यक्ष भेटेर उम्मेदवारहरुले भोेटका लागि अपील गरिरहेका छन् ।
मतदाता भेट गर्न घरघर पुगिरहेका खाँसहितको टोलीलाई मतदाताहरुले यसअघिको निर्वाचनमा जिताउन नसकेकोमा समेत दु:ख ब्यक्त गरे । उनीहरुले यसपटक खाँसहितको टिमलाई जिताएर जानकीको मुहार फेर्ने मतादताले बताएका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’