२०५४ सालमा होलिया गाविसकी सफल अध्यक्ष, अब ‘डुडुवा सरकार’ प्रमुख बन्ने दौडमा


२०५४ सालमा होलिया गाविसकी सफल अध्यक्ष, अब ‘डुडुवा सरकार’ प्रमुख बन्ने दौडमा

नेपालगन्ज २३ वैशाखः २०५४ सालमा तत्कालिन होलिया गाविसको अध्यक्ष निर्वाचित भएर उदाहरणीय काम गरेकी सरोजकुमारी यादव स्थानीय निर्वाचनमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदकी उम्मेदवार दिइ मतदाता माझ बिजयको मत मागिरहेकी छन् ।

नेकपा एमालेको तर्फबाट यादव अध्यक्ष र युवा नेता शकील खान उपाध्यक्ष पदका उम्मेदवार हुन् । यसअघि अध्यक्ष पदको उम्मेदवार रहेका खान आफै अग्रसर भई महिला नेतृ यादवलाई पालिका अध्यक्ष उठाउनुमा रणनीतिक महत्व रहेको छ ।

एमाले डुडुवाका कमिटिका अध्यक्ष समेत रहेका खानले यादव परिवार जोडिएपछि डुडुवामा एमाले बलियो भएको बताए ।

उनी भन्छन्–‘डुडुवामा एमालेले सरकार बनाउँछ । जनताले हामीलाई जिताउँछन् ।’ सरोजकुमारीसंग आफैमा राजनीतिक निर्णय गर्ने सार्मथ्य छ।

सरोजकुमारी गाउँका जस्तासुकै ठुला बिवादहरु आफै अग्रसर भएर मिलाउन सक्ने क्षमता राख्ने गरेकी छन् । २०५४ सालमा होलिया जस्तो बिकट गाविसको अध्यक्ष भएकी उनी अब भने अत्यन्त शक्तिशाली मानिने स्थानीय तहको प्रमुख बन्ने तयारीमा छिन् । त्यसका लागि गाउँ–गाउँमा मत मागिरहेकी यादव जित्ने ढुक्क छिन् ।