राप्तीसोनारीमा फेरि काँग्रेसका उम्मेदवारहरुलाई जिताउनुको विकल्प छैनः लाहुराम थारु


राप्तीसोनारीमा फेरि काँग्रेसका उम्मेदवारहरुलाई जिताउनुको विकल्प छैनः लाहुराम थारु

राप्तीसोनारी (बाँके) २३ वैशाख : राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफ्ना राजनीतिक उत्तराधिकारीका रुपमा रहेका काँग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी बनाउन आह्वान गरेका छन् ।

काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार तप्त बहादुर पौडेलसंगै चुनावी प्रचारप्रसारका लागि वडा नम्बर–४ मा हिंडेका थारुले आफूले चाहँदाचाहँदै पनि पूरा गर्न नसकेका काम र योजनाहरुको निरन्तरताका लागि काँग्रेसका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको बताएका छन् ।

‘मैले पाँच वर्षमा धेरै काम गरेको छु, सकेसम्म तपाईंहरुको चित्त बुझाउने गरी काम गरेको छु, मैले समय अभावका कारण पूरा गर्न नसकेका कामहरुको निरन्तरताका लागि पनि तप्तजीले जित्नुपर्दछ, तपाईंहरुले उहाँ लगायत काँग्रेसका सबै उम्मेदवारहरुलाई विजयी बनाउनुस्, राप्तीसोनारीलाई अझ विकसित र समृद्ध बनाउने काँग्रेसले नै हो,’ थारुले भने ।

अध्यक्षका उम्मेदवार पौडेलले राप्तीसोनारीमा विकास र समृद्धिको जग काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नै बसाएको चर्चा गर्दै आफ्नो नेतृत्वको टिमलाई विजयी बनाएर अझ पाँच वर्ष सेवा गर्ने मौका दिन आग्रह गरे । उनले वडा नम्बर–४ का स्थानीयले कुनै गुनासो गर्ने ठाउँ बाँकी नराखेर काम गर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रचारप्रसारमा थारु र पौडेलसंगै नेतृ संगिता थारु, उपाध्यक्षकी उम्मेदवार मनिषासिंह थारु, वडा नम्बर–४ का वडा अध्यक्षका उम्मेदवार कान्छा थारु लगायत अन्य उम्मेदवार, नेता, कार्यकर्ता र शुभेच्छुक उपस्थित थिए ।