वाल्मिकी समाज र गठबन्धनका उम्मेद्वारबीच भेटघाट


वाल्मिकी समाज र गठबन्धनका उम्मेद्वारबीच भेटघाट

नेपालगन्ज २३ वैशाख : वाल्मिकी समाज नेपालगन्जले गठबन्धनका उम्मेद्वारहरुसँग शुक्रबार भेटघाट कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धन तर्फबाटका प्रमुख पदका उम्मेद्वार प्रशान्त विष्ट र उप–प्रमुखका उम्मेद्वार कमरुद्दिन राई दुवैले सम्बोधन गरेका थिए ।

प्रमुख पदका उम्मेद्वार प्रशान्त विष्टले वाल्मिकी समाजको सुरक्षासँगै उनीहरुलाई स्थानीय तहले उपलब्ध गराउने अवसरका लागी प्राथमिकतामा राख्ने वाचा गरेका थिए ।

गठबन्धनका उप–प्रमुख पदका उम्मेद्वार राईले वाल्मिकी समाजलाई अधिकार सम्पन्न बनाउने कुरामा आँफु प्रतिबद्ध रहेको बताएका थिए ।

नेपालगन्ज वडा नम्बर–२ स्थित हनुमानगढी गौशलामा आयोजित समाज र उम्मेद्वार भेटघाट कार्यक्रमको सभापतित्व समाजका अगुवा जगदिश वाल्मिकीले गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

भेटघाट कार्यक्रममा पूर्व मन्त्री गजेन्द्र हमाल, काँग्रेस केन्द्रिय सदस्य मैकुलाल वाल्मिकी, प्रदेश मन्त्री सुरेन्द्र हमाल, पुर्व पार्टी सभापति सनत रेग्मी, महाधिवेशन प्रतिनिधि सुनिल नरसिंह राणा लगाएतका नेताहरुले वाल्मिकी शहर ब्यवस्थित गर्न समाजको योगदानका विषयमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन वडा नम्बर–२ का पार्टी क्षेत्रीय प्रतिनिधि नरेन्द्र थापाले गरेका थिए ।