नेपालगन्ज २४ वैशाख : मतदाताहरुले हौसला थपिदिएको नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले बताएकाछन् ।
शनिबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी क्षेत्रका मतदाताहरुसंग भेटघाट गरेका बिष्टले मतदाताहरुले आर्शिबाद सहित उत्साह थपि दिएको बताए । उनले मतादाताहरुले राखेका मागहरुलाई पहिलो प्राथमिकता दिने बताए ।
आफूले बनाएका बिकास योजनालाई कार्यान्वयन गर्ने क्रममा पहिलो प्राथमिकता जनताको चाहना अनुरुप गर्ने कुरामा विश्वस्त हुन उनले आग्रह गरे ।
बिष्ट आज विहानैदेखि घरदैलो अभियानमा जुटेकाछन् । उनले आज वडा नम्बर–१ मा वडाअध्यक्षका काँग्रेसका उम्मेदवार बिनोद रिजालसंगै विहान घरदैलो गरे । घरदैलो गरेका वडाअध्यक्ष पदका उम्मेदवार रिजालले वडाको समग्र बिकासका लागि आफूलाई बिजयी गराउन मतदाताहरुसंग आग्रह गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’