जनताका मागलाई पहिलो प्राथमिकता दिनेछु : प्रशान्त बिष्ट


जनताका मागलाई पहिलो प्राथमिकता दिनेछु : प्रशान्त बिष्ट

नेपालगन्ज २४ वैशाख : मतदाताहरुले हौसला थपिदिएको नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले बताएकाछन् ।

शनिबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी क्षेत्रका मतदाताहरुसंग भेटघाट गरेका बिष्टले मतदाताहरुले आर्शिबाद सहित उत्साह थपि दिएको बताए । उनले मतादाताहरुले राखेका मागहरुलाई पहिलो प्राथमिकता दिने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

आफूले बनाएका बिकास योजनालाई कार्यान्वयन गर्ने क्रममा पहिलो प्राथमिकता जनताको चाहना अनुरुप गर्ने कुरामा विश्वस्त हुन उनले आग्रह गरे ।

बिष्ट आज विहानैदेखि घरदैलो अभियानमा जुटेकाछन् । उनले आज वडा नम्बर–१ मा वडाअध्यक्षका काँग्रेसका उम्मेदवार बिनोद रिजालसंगै विहान घरदैलो गरे । घरदैलो गरेका वडाअध्यक्ष पदका उम्मेदवार रिजालले वडाको समग्र बिकासका लागि आफूलाई बिजयी गराउन मतदाताहरुसंग आग्रह गरे ।