नेपालगन्ज जित्नैपर्ने मनोविज्ञानमा एमालेका कार्यकर्ता, मिश्र भन्छन् –पार्टी एकढिक्का छ


नेपालगन्ज जित्नैपर्ने मनोविज्ञानमा एमालेका कार्यकर्ता, मिश्र भन्छन् –पार्टी एकढिक्का छ

नेपालगन्ज २४ वैशाखः नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले कार्यकर्ता तहमा यसपटक मेयर, उपमेयर जित्नैपर्ने पक्षमा नेता कार्यकर्ताले दृढ एकता देखाएको बताएका छन् ।

कार्यकर्ताको एकता र स्वतन्त्र मतको समेत सहानुभुतीबाट आफुहरुले जित्ने मिश्रको दाविछ । नेपालगन्जमा एमालेलाई २०५४ सालको जित दोहो¥याउने अवसर देखेका एमालेका नेता कार्यकर्ताले यसपटक नजिते फेरी कहिल्यै जितिदैन भन्ने ठानेका छन् ।

‘नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकामा २५ वर्षअघिको जित दोहो¥याउने गरी निर्वाचन अभियान शुरु गरेको हो । २०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको एमालेले त्यसयता वडाहरु बाहेक यहाँ कुनै पनि निर्वाचन जित्न सकेको छैन । केही समय अघिसम्म निर्वाचन जितिन्न भन्ने कमजोर मनस्थितीमा पुगेका नेता कार्यकता यसपटक निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी गर्छन्’, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

उनी भन्छन्–‘संगठन सुदृढीकरण नै हाम्रो मुख्य शक्ति हो । अर्को कुरा बिरोधीले जतिसुकै आरोप लगाएपछि हाम्रो सरकारको नेतृत्वमा मधेसमा धेरै विकास भयो । त्यो मूल्यांकन जनताले गर्दै हुनुहुन्छ । नेपालगन्जमा एमालेको संक्रमणकाल सकियो, अब हामी जित्ने शक्ति बनेर उभिएका छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

एमालेले नेपालगन्जको मेयरमा यहाँका पुराना र जनाधार भएका नेता मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र पार्टीगत मात्र होइन स्वतन्त्र मतदातामाझ राम्रो पकड भएका नेताकारुपमा चिनिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र स्वयं मिश्रका लागि समेत प्रतिकुल अवस्था रहँदा रहँदै सुर्य चुनाव चिन्हबाट लडेका उनले झण्डै १६ हजार मत ल्याएका थिए ।

अघिल्लो पटक पराजय व्यहोरेका मिश्रलाई यसपटक सहानुभुती मत समेत आउने बताउँछन् एमालेका युवा नेता एवं वडा नम्बर– १ का वडाअध्यक्षका उम्मेदवार प्रमोद रिजाल । उनी भन्छन्–‘हामी २०७४ को भन्दा धेरै अनुकुल अवस्थामा छौं । तर, यति भनेर हाइसन्चो मान्ने कुरा भएन । जित्नका लागि आवश्यक रणनीति बनाइरहेका छौं ।’

२०५४ सालको निर्वाचनमा युवा संघको नेता रहेका रिजालले यसपटक एमालेले नेपालगन्जमा २०५४ सालको जित दोहो¥याउने बताउँछन् । यसपटक नजिते फेरी जित्न नसकिने अठोट सहित एमालेका नेता कार्यकर्ताहरु चुनावी रणनीतिमा जुटेका छन् ।