नेपालगन्ज २४ वैशाखः नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले कार्यकर्ता तहमा यसपटक मेयर, उपमेयर जित्नैपर्ने पक्षमा नेता कार्यकर्ताले दृढ एकता देखाएको बताएका छन् ।
कार्यकर्ताको एकता र स्वतन्त्र मतको समेत सहानुभुतीबाट आफुहरुले जित्ने मिश्रको दाविछ । नेपालगन्जमा एमालेलाई २०५४ सालको जित दोहो¥याउने अवसर देखेका एमालेका नेता कार्यकर्ताले यसपटक नजिते फेरी कहिल्यै जितिदैन भन्ने ठानेका छन् ।
‘नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकामा २५ वर्षअघिको जित दोहो¥याउने गरी निर्वाचन अभियान शुरु गरेको हो । २०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको एमालेले त्यसयता वडाहरु बाहेक यहाँ कुनै पनि निर्वाचन जित्न सकेको छैन । केही समय अघिसम्म निर्वाचन जितिन्न भन्ने कमजोर मनस्थितीमा पुगेका नेता कार्यकता यसपटक निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी गर्छन्’, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।
उनी भन्छन्–‘संगठन सुदृढीकरण नै हाम्रो मुख्य शक्ति हो । अर्को कुरा बिरोधीले जतिसुकै आरोप लगाएपछि हाम्रो सरकारको नेतृत्वमा मधेसमा धेरै विकास भयो । त्यो मूल्यांकन जनताले गर्दै हुनुहुन्छ । नेपालगन्जमा एमालेको संक्रमणकाल सकियो, अब हामी जित्ने शक्ति बनेर उभिएका छौं ।’
एमालेले नेपालगन्जको मेयरमा यहाँका पुराना र जनाधार भएका नेता मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र पार्टीगत मात्र होइन स्वतन्त्र मतदातामाझ राम्रो पकड भएका नेताकारुपमा चिनिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र स्वयं मिश्रका लागि समेत प्रतिकुल अवस्था रहँदा रहँदै सुर्य चुनाव चिन्हबाट लडेका उनले झण्डै १६ हजार मत ल्याएका थिए ।
अघिल्लो पटक पराजय व्यहोरेका मिश्रलाई यसपटक सहानुभुती मत समेत आउने बताउँछन् एमालेका युवा नेता एवं वडा नम्बर– १ का वडाअध्यक्षका उम्मेदवार प्रमोद रिजाल । उनी भन्छन्–‘हामी २०७४ को भन्दा धेरै अनुकुल अवस्थामा छौं । तर, यति भनेर हाइसन्चो मान्ने कुरा भएन । जित्नका लागि आवश्यक रणनीति बनाइरहेका छौं ।’
२०५४ सालको निर्वाचनमा युवा संघको नेता रहेका रिजालले यसपटक एमालेले नेपालगन्जमा २०५४ सालको जित दोहो¥याउने बताउँछन् । यसपटक नजिते फेरी जित्न नसकिने अठोट सहित एमालेका नेता कार्यकर्ताहरु चुनावी रणनीतिमा जुटेका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’