बैजनाथ (बाँके) २४ वैशाख : बाँकेको बैजनाथ गाउँपालिकामा आचारसंहिता विपरीत ह्युमपाइप वितरणका लागि लैजाँदै गर्दा नियन्त्रणमा लिइएको छ ।
बैजानाथ गाउँपालिकाको वडा नम्बर–४ बाट ह्युमपाइप लोड गरिएको भे १ प ५६३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
चुनावको मुखमा आचारसंहिता विपरीत बाटोमा हाल्नका लागि ह्युमपाइप लैजाँदै गर्दा स्थानीयले रोकेर प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको सिफारिसमा ती ह्युमपाइप वितरण गर्न लैजाँदै गरिएको बताइए पनि नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार घननाथ खनालले आफ्नो व्यक्तिगत पैसामा खरिद गरेर ह्युमपाइप वितरण गर्न थालेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिइसकेको छ । मतदातालाई प्रभावमा पार्न खनालले ह्युमपाइप वितरण गर्न खोजेको खुलेको छ ।