राप्तीसोनारीमा पर्यटन प्रर्बद्धन र युवालाई रोजगारी : तप्त पौडेल


राप्तीसोनारीमा पर्यटन प्रर्बद्धन र युवालाई रोजगारी : तप्त पौडेल

राप्तीसोनारी(बाँके) २४ बैशाख : राप्तीसोनारीमा पर्यटन प्रर्बद्धन र युवाहरूलाई रोजगारी दिन आफूहरु प्रतिवद्ध रहेको राप्तिसोनारीका उम्मेदवारहरुले बताएका छन् ।

शनिवार बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नम्बर–५ का थारु बस्तीमा घरदैलोपछि आयोजित कोणसभामा बोल्दै नेपाली काँग्रेसबाट गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्तिसोनारीमा पर्यटनको राम्रो सम्भावना भएकाले आफू निर्वाचित भएपछि यसको प्रर्वद्धनमा जुट्ने बताए ।

साथै यस क्षेत्रबाट युवाहरु कामका लागि भारत जाने गरेकोमा त्यो समस्या समाधान गरि गाँउमै रोजगारीका अवसरहरु सृजना गर्ने बताए । पौडेलले राप्तीसोनारी थारुबाहुल क्षेत्र भएकाले थारु समुदायका संस्कार, संस्कृति, संरक्षण र प्रर्बद्धनमा समेत ध्यान दिने बताए ।

यस्तै उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारुले काँग्रेसका जनप्रतिनिधिले गएको ५ वर्षमा गरेका कामहरुलाई निरन्तरता दिने र जनताको सल्लाह सुझाव अनुसार अघि बढ्ने बताईन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली काँग्रेसका नेता तथा गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले जसरी आफूलाई विश्वास गरेर जनताले मत दिनुभएको थियो त्यसैगरी काँग्रेसका उम्मेदवार पौडेलसहितको समुहलाई विजयी बनाउन आग्रह गरे ।

यसअघि काँग्रेसले जितेको भएकाले एसपटक पनि शाख जोगाउन सबै मतदातालाई अपील गरे । काँग्रेसले विकास गर्न सक्षम र योग्य उम्मेदवारको छनोट गरेकाले यो पटक पनि मतदाताको सहयोग आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश सभा ‘क’ का अध्यक्ष लक्ष्मण थारु, वडा नम्बर–५ का अध्यक्षका उम्मेदवार भोला थारु सहित सबै उम्मेदवार, तरुण दल राप्तीसोनारी उपाध्यक्ष प्रदीप रजक, दोर्ण ओली, शेखर रावत लगायत सयौं कार्यकर्ताको उपस्थिती रहेको थियो ।