नरैनापुर(बाँके) २४ वैशाख : नरैनापुर विकट छ । राज्यको मूल प्रवाहमा प्रवाहीकरण हुन नसकिरहेको नरैनापुर आफैंमा ठगिएको महसुस गर्छ । गएको पाँच वर्ष स्थानीय जनप्रतिनिधिले नरैनापुरका लागि गम्भीर भएर काम गर्न नसकेको स्थानीयको गुनासो छ । यसअघिका जनप्रतिनिधिहरुले प्रचारबाजी धेरै गरेको तर, जनताको पक्षमा काम गर्न नसकेको स्थानीयको भनाई छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्षकी उम्मेदवार अतिकुन निशा खाँ लगायत वडाका काँग्रेस उम्मेदवारहरु जनताको घरदैलोमा पुग्दा यस्तै गुनासो जनताले सुनाउने गरेका छन् ।
‘हामीले यसअघि काँग्रेसलाई मत नहालेर गल्ती ग¥यौैं, हाम्रा लागि स्थानीय सरकार आएको अनुभूति नै भएन, पाँच वर्षसम्म न बाटो बनाए न विजुली पु¥याए’, शनिबार वडा नम्बर– २ रोशनपुर्वामा घरदैलोमा पुगेका का“ग्रेस उम्मेदवाहरुलाई स्थानीयले भने–‘अरु पार्टीलाई हेरिसक्यौं अब यसपटक हामी काँग्रेसलाई नै जिताउँछौं ।’
अध्यक्ष उम्मेदवार मौर्यले आफूलाई जिताए नरैनापुरको काँचुली फेर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । ‘हामीलाई भोट दिनुस्, काँग्रेसलाई जिताउनुस्, हामी कसैलाई पनि काखापाखा नगरेर विकास र समृद्धिका लागि काम गर्छौं, तपाईंहरुको मत खेर जान दिँदनौं, हामीलाई मत दिएकोमा तपाईंंहरुलाई पछुतो हुनेछैन ।’ काँग्रेस उम्मेदवारहरुले शनिबार वडा नम्बर– २ को रोशनपुर्वा, लक्ष्मणपुर, मियाँपुर्वा लगायतका गाउँहरुमा घरदैलो गरेका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’