नरैनापुर(बाँके) २४ वैशाख : नरैनापुर विकट छ । राज्यको मूल प्रवाहमा प्रवाहीकरण हुन नसकिरहेको नरैनापुर आफैंमा ठगिएको महसुस गर्छ । गएको पाँच वर्ष स्थानीय जनप्रतिनिधिले नरैनापुरका लागि गम्भीर भएर काम गर्न नसकेको स्थानीयको गुनासो छ । यसअघिका जनप्रतिनिधिहरुले प्रचारबाजी धेरै गरेको तर, जनताको पक्षमा काम गर्न नसकेको स्थानीयको भनाई छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्षकी उम्मेदवार अतिकुन निशा खाँ लगायत वडाका काँग्रेस उम्मेदवारहरु जनताको घरदैलोमा पुग्दा यस्तै गुनासो जनताले सुनाउने गरेका छन् ।
‘हामीले यसअघि काँग्रेसलाई मत नहालेर गल्ती ग¥यौैं, हाम्रा लागि स्थानीय सरकार आएको अनुभूति नै भएन, पाँच वर्षसम्म न बाटो बनाए न विजुली पु¥याए’, शनिबार वडा नम्बर– २ रोशनपुर्वामा घरदैलोमा पुगेका का“ग्रेस उम्मेदवाहरुलाई स्थानीयले भने–‘अरु पार्टीलाई हेरिसक्यौं अब यसपटक हामी काँग्रेसलाई नै जिताउँछौं ।’
अध्यक्ष उम्मेदवार मौर्यले आफूलाई जिताए नरैनापुरको काँचुली फेर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । ‘हामीलाई भोट दिनुस्, काँग्रेसलाई जिताउनुस्, हामी कसैलाई पनि काखापाखा नगरेर विकास र समृद्धिका लागि काम गर्छौं, तपाईंहरुको मत खेर जान दिँदनौं, हामीलाई मत दिएकोमा तपाईंंहरुलाई पछुतो हुनेछैन ।’ काँग्रेस उम्मेदवारहरुले शनिबार वडा नम्बर– २ को रोशनपुर्वा, लक्ष्मणपुर, मियाँपुर्वा लगायतका गाउँहरुमा घरदैलो गरेका छन् ।