बाँके (डुडुवा) २४ वैशाख: बाँकेको डुडुवालाई ‘कृषि पकेट क्षेत्र’ बनाउने लक्ष्य लिइएको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर–४ अमराहवामा शनिबार आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख पदका उम्मेदवार नरेन्द्रकुमार चौधरी ‘पप्पु’ले कृषि पकेट क्षेत्रका रुपमा गाँउपालिकालाई स्थापीत गराउने प्रतिबद्धता जनाएका हुन् ।
कृषि पकेट क्षेत्र बनाउनका लागि बीउ उत्पादन केन्द्र निर्माण गरिने छ । व्यवसायीक पशुपालनलाई दीर्घकालिन रुपमा अघि बढाउन पशुको नश्ल सुधारका कार्यक्रम अघि बढाईने छ । कृषि उत्पादन बढाउन समयमै रासायनिक मलको सहज उपलब्धताका लागी पहल गरिने उनले बताए ।
तरकारीको पकेट क्षेत्रका रुपमा रहेको हिरमिनीयामा तरकारी स्टोर गर्नका लागी कोल्ड स्टोर निर्माण गर्न लागिएको जानकारी दिंदै यसको निर्माण कार्य पुरा गर्ने चौधरीले बताए । यसका साथै कृषि क्षेत्रमा थप सुधारका कार्यक्रम समेत ल्याइनेछ । गाँउपालिकामा कृषि प्राविधिकहरुको उपलब्धतालाई पनि प्रभावकारी बनाइने छ ।
परम्परागत कृषि प्रणालीलाई बदल्न चुनौती रहेकाले त्यसतर्फ गाँउपालिकाले प्रभावकारी कार्यक्रमका योजना लागु गर्ने छ ।
यस्तै, कृषिसंगै पर्यटनलाई पनि प्राथमिकतामा राखिएको छ । डुडुवा क्षेत्रका पर्यटकीय स्थललाई स्थापित गराउन पहल गर्ने, कतिपय ठाउँमा झुलुङ्गे पुलको निर्माण अन्तिम चरणमा रहेकाले यसलाई सम्पन्न गर्नेे, गएको ५ वर्षका अधुरा विकास निर्माणका कार्यलाई निरन्तरता दिइने उनको भनाई छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’