कोहलपुर (बाँके) २४ वैशाख : कोहलपुर नगरपालिकाका उम्मेदवारले थारु समुदायका मुद्दा प्राथमिकतामा रहेको बताएका छन् । शनिबार कोहलपुरमा थारु समुदायविच भएको छलफलमा नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, नगर उप–प्रमुख पदकी उमेदवार संगीता सुवेदी लगायतले यो थारु बाहुल क्षेत्र भएकाले थारु समुदायका मुद्दालाई प्राथमिकता दिने बताएका हुन् ।
लामो समयदेखि विवादकावीच बन्न नसकेको थारु संग्राहलय आफूहरु निर्वाचित भए लगत्तै निर्माण गर्ने प्रमुख पदका उम्मेदवार आचार्यले प्रतिबद्धता ब्यक्त गरे । थारु समुदायको कला, संस्कृति संरक्षणका लागि संग्राहलय आवश्यक रहेको उनको भनाई छ ।
थारु समुदायको हकहितमा काम गर्नका लागि आफूहरु सधैं तत्पर रहने उपप्रमुख पदका उम्मेदवार सुवेदीले बताइन । तर, यसका लागि नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको उनको भनाईछ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु चौधरी, नेपाली काँग्रेसका नेताहरु फुलाराम थारु, जागेश्वर थारु लगायतले पनि अबको विकल्प काँग्रेस नै भएको बताए ।
यसैवीच, शनिवार काँग्रेसका उम्मेदवारहरुले कोहलपुर– १५ मा घरदैलो गरेकाका छन् । घरदैलोका क्रममा मतदाताहरुले युवाअवस्थामा जोस जाँगर र नयाँ सोँच हुने भएकाले यसपटकको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्ने बताए ।
निर्वाचन आउन ६ दिन बाँकी रहदा उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । गर्मी पनि नभनि छाता ओढेर मतदाताहरु पनि घरदैलोमा सहभागि भएका छन् । मतदाताहरुको उत्साहले काम गर्नका लागि प्रेरीत गरेको प्रमुख पदका उम्मेदवार आचार्यले बताए ।
पछिल्लो समयमा नेपाली काँग्रेस कोहलपुरका अगुवा तथा प्रभावशाली नेताहरु भानुभक्त भट्टराई, बलराम शर्मा, नारायण सिग्देल, राजेन्द्र श्रेष्ठ, फुलाराम थारु, जागेश्वर थारु लगाएतका नेताहरु पनि घरदैलो तथा मतदाता घेटघाटमा सक्रिय रुपमा लागेपछि नगरमा नेपाली काँग्रेसको पक्षमा जनलहर थप बढेको छ ।