डुडुवाबासी भन्छन्, ‘राम्रो काम गर्ने नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो’


डुडुवाबासी भन्छन्, ‘राम्रो काम गर्ने नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो’

डुडुवा(बाँके) २४ वैशाख : डुडुवामा नरेन्द्र कुमार चौधरी (पप्पु) निकै लोकप्रिय छन् । पाँच वर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उनी लोकप्रिय भएका हुन् । जनताका समस्यालाई केन्द्रविन्दुमा राखेर तत्काल काम गर्ने शैलीका कारण उनी डुडुवाबासीको मनमनमा छन् ।

डुडुवामा पछिल्लो पाँच वर्षमा राम्रो काम गरेर लोकप्रिय भएका पप्पुलाई नेपाली काँग्रेसले पुनः उम्मेदवार बनाएपछि गाउँपालिकाबासी खुसी छन् ।

राम्रो काम गर्ने नेतालाई पुनः मतदान गर्न पाउनु आफूहरुको भाग्य भएको स्थानीयको प्रतिक्रिया छ । मतदाताहरुलाई भेट्ने क्रममा पप्पुले आगामी पाँच वर्ष आफूले पुनः जनताको सेवक भएर काम गर्न चाहेकाले विगतका आफ्ना कामहरुको मूल्यांकन गरेर विजयी बनाउन आग्रह गर्ने गरेका छन् ।

उपाध्यक्षकी उम्मेदवार साहिदा बानो पनि पुनः दोहोरिने उद्देश्यका साथ चुनावी मैदानमा छिन् । अध्यक्षका उम्मेदवार पप्पु र उपाध्यक्षकी उम्मेदवार बानोसहित वडाका काँग्रेस उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगिरहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

शनिबार पनि काँग्रेस उम्मेदवारहरुले वडा नम्बर–८ हिरमिनिया क्षेत्रमा घरदैलो गरेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, काँग्रेस कार्यालय प्रमुख उमेश शर्मासहित काँग्रेस उम्मेदवारहरुले घरदैलो गरेका हुन् ।

घरदैलोमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पप्पु, उपाध्यक्ष पदकी उम्मेदवार बानोसहित डुडुवा गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष पदका उम्मेदवार मनोरथलाल कुर्मी र वडा सदस्यका उम्मेदवारहरू निरन्जनसिंह थापा, नुसरत अलि शेष, धिराजादेवी मौर्य र पुनमदेवी कोरी लगायत स्थानीय नेता कार्यकर्ता उपस्थित थिए ।