जानकी (बाँके) २४ वैशाख : जानकी गाउँपालिकामा शनिबार भएको घरदैलोमा उत्साहजनक सहभागिता रहेको छ । उक्त गाउँपालिकाको वडा नम्बर–२ नेवाजी गाउँमा गरिएको घरदैलोका क्रममा काँग्रेसका उम्मेदवारलाई जिताउन स्थानीयले स्वःस्र्फुत रुपमा सहभागिता जनाएका हुन् ।
काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार छब्बन खाँ, उपाध्यक्षका उम्मेदवार रामप्यारी यादव, वडा नम्बर–२ का वडाअध्यक्षका उम्मेदवार अनिलकुमार वर्मा, वडा सदस्य विश्राम बढही, रामधिरज यादव, श्यामकुमारी खटिक र गिता घर्तीमगर लगायत काँग्रेसका स्थानीय नेता, कार्यकर्ता, सर्बसाधारणको सहभागिता रहेको थियो ।
बाजागाजा सहित घरदैलोमा निस्केका काँग्रेसका उम्मेदवारलाई स्थानीय बासिन्दाले स्वागत गरेका थिए । सो क्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञ बस्नेत, जिल्ला सदस्य चन्द्र गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
गाउँपालिका अध्यक्षका उम्मेदवार खाँ र उपाध्यक्षका उम्मेदवार यादवले आफुहरुलाई एक पटक जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे । ‘हामीलाई एक पटक तपाईको सेवा गर्ने अवसर दिनुस्, हामी विजयी भयौं भने तपाईको सेवा गर्नेछौं,’ खाँले भने । उपाध्यक्षका उम्मेदवार यादवले जनताको सेवा गर्नका लागि आफु राजनीतिमा आएको बताइन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’