डुडुवा(बाँके) २४ वैशाखः डुडुवा गाउँपालिकामा झुक्याएर जबर्जस्ती जसपा प्रवेश गराइएका नेपाली काँग्रेसका दुई जना कार्यकर्ता पुनः काँग्रेसमै फर्किएका छन् ।
वडा नम्बर–२ बाबागाउँका तिलकराम कुर्मी र धर्मराज बर्मा फेरि काँग्रेसमै फर्किएका हुन् । तीन दिन अघि जसपा प्रवेश गरेका उनीहरु पुरानै पार्टी काँग्रेस फर्किएका हुन् ।
डुडुवामा हिजोआज जसपाले नेपाली काँग्रेसका कार्यकर्तालाई विभिन्न प्रलोभन देखाउँदै झुक्याएर जबर्जस्ती पार्टी प्रवेश गराउने गरेपनि उनीहरु काँग्रेसमै फर्किने गरेका छन् ।
चुनावको मुखमा विभिन्न अफबाह फैलाउँदै जसपाले पार्टी प्रवेशको झुठो नाटक मञ्चन गरिरहेको स्थानीय काँग्रेस नेताहरुले बताएका छन् ।