नेपालगन्जको उपप्रमुख लहड रोज्नेकी बिज्ञ ?


नेपालगन्जको उपप्रमुख लहड रोज्नेकी बिज्ञ ?

नेपालगन्ज २४ वैशाखः स्थानीय तहको निर्वाचनबाट नेपालगन्ज उपमहानगरपालिकामा अबको उपप्रमुख कस्लाई रोज्ने ? लडहको राजनीति गरिरहेकालाई की सामाजिक आन्दोलनमा खारिएर आएका नेतालाई ? नेपालगन्जको विकासका लागि शान्ति ढकाललाई उपप्रमुखमा देख्न चाहाने मतदाताको संख्या उल्लेखिय छ । पार्टीगत मात्र होइन स्वतन्त्र मतदाताहरुले समेत उनले रोज्ने देखिएको छ ।

नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवार ढकाल सामाजिक आन्दोलनको अगुवा नेतृ हुन् ।

चितवन जन्मथलो भएकी शान्ति ढकालको २०३६ सालको विद्यार्थीबाट आन्दोलन राजनीतिक जीवन शुरु भएको हो । राष्ट्रिय पञ्चायतको निर्वाचमा जनपक्षिय उमेदवार जिताउन सांस्कृतिक टिम रहेर प्रचार प्रसारमा खटेकी थिइन । २०४४ देखि करिव डेढ वर्ष भारतको हरियाणा राज्यमा एउटा प्यारा सिटामोल कम्पनीमा मजदुरको भुमिकामा रही भारत प्रवासको समेत सानो अनुभव छ ।

२०४५ को अन्त्यतिर स्वदेश फर्की चितवनको माडीबाट २०४६ को जनआन्दोलनमा सहभागी रहिन । २०४७ सालको परिवर्तन पश्चात नेपालगन्ज बसाँईसराई गरि बाँकेको नेपालगन्ज–२० राँझा एयरपोर्ट मनिकापुरमा स्थायी रुपले बसोबास छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

एयरपोर्टमा सानो घुम्ती पसलबाट आफ्नो जिविकोपार्जन गरिरहेकी ढकालले करिव दुई वर्ष मध्यपश्चिम ग्रामीण विकास बैंकमा फिल्ड सहायक पदमा रहेर काम गरेको अनुभव पनि छ । त्यसै दौरानमा २०५२ सालमा विधिवत पार्टी संगठित सदस्यता प्राप्तिसँगै ईलाका कमिटीको सदस्य बनिन् । लगत्तै भएको जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको सदस्य बन्न सफल भई लगातार तीन कार्यकाल जिल्ला कमिटी सदस्य भएर ईलाका ईन्चार्जको भुमिका निर्वाह गरिन् ।

तत्कालिन भेरी अञ्चल समन्वय कमिटीमा छिर्न सफल रहेकी शान्ती देवी ढकालसँग लामो सांठनिक अनुभव छ । यस बिचमा उनी पार्टीका भातृसंगठनहरु होटल व्यवसायी बाँकेको संस्थापक सचिव पनि हुन् । त्यस्तै अनेम संघको जिल्ला हुँदै हाल केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

सामाजिक क्षेत्रमा पनि उनको उत्तिकै ठूलो योगदान छ । शान्ति ढकालले महिला उपकार मञ्च कोहलपुरमा लामो समय अध्यक्ष पदमा रहेर काम गर्दा सयौं महिला हिंसाका घटनाहरु हेरेर पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउन सफल रहेको छ ।

हाल उक्त संस्था ‘घ’ वर्गको उपकार लघु वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षको भुमिकामा पनि कार्यरत छिन् । यसरी हेर्दा उनीमा आर्थिक, प्रशासनिक र न्यायीक क्षेत्रमा पनि राम्रो अनुभव रहेको छ ।

यिनै संस्थामा रहँदा संस्थाका तर्फबाट अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिँदा भारत, बंगलादेश, दुवई, थाइल्याण्ड र फिलिपिन्सको भ्रमण गरि विदेशको केही अनुभव पनि उनीसँग छ । उनी नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, लायन्स क्लव अफ नेपालगन्ज सिद्धिविनायकको सदस्य पनि छन् ।

२०६२–६३ सालको जनआन्दोलनले ल्याएको परिवर्तनसँगै नेकपा एमालेको पाँच नम्बर प्रदेश कमिटीको सदस्यमा रहेर काम गर्दै आएकी ढकाल हालै चितवनमा सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भई केन्द्रिय सदस्य तथा बाँके जिल्ला कमिटीको सहइन्चार्जको भुमिकामा रहेकीछन् ।