खजुरा(बाँके) २४ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लप्रतिको जनलहर बढ्दै गएको छ ।
स्थानीय निर्वाचान आउन ६ दिन बाँकी रहँदा पालिकामा जितका लागि गठबन्धनतर्फबाट तीव्र प्रचारप्रसारसहित घरदैलो कार्यक्रमहरु भई रहँदा मल्लप्रति मतदाताहरुको रुझान देखिएको हो ।
स्थानीय निर्वाचन २०७४ मा दोस्रो भएको नेकपा माओवादी केन्द्र र तेस्रो भएको नेपाली काँग्रेसले संयुुक्त भएर वैशाख ३० गते हुने निर्वाचनका लागि अन्य पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैगर्दा खजुरामा गठबन्धन बलियो भएको खजुराबासीको आँकलन रहेको छ । जसमा बलियो उम्मेदवारको रुपमा उपाध्यक्ष पदकी उम्मेदवार मल्लको चर्चा चुलिँदै गएको छ ।
मल्लको उम्मेदवारी बलियो हुनुमा गठबन्धनसँगै उनको व्यक्तिगत स्वभाव पनि हो । सरल स्वभावकी मल्ल मिलनसार र उनले अग्रजहरुलाई दिने सम्मानले उनी लोकप्रिय बन्दै गएकी हुन् ।
चुनावी प्रचारप्रसारमा खजुराका सबै वडामा घरदैलो गरिरहँदा उनले जनतासँग आफ्नो लागि भोट माग्नुभन्दा जनताका समस्या के छन् ? भनी बढी साध्ने गरेकीछन् । खजुराबासीसँग भोट माग्दै गर्दा अरुलाई गाली गर्नु भन्दा आफूले के गर्न सकिन्छ ? भन्ने कुरामा आफुले जोड दिने गरेको उनको भनाइ छ ।
‘खजुरा गाउँपालिकाको विकासका लागि सबै खजुराबासीको ठूलो सहयोग रहेको छ, उनले भनिन्–‘चाहे त्यो खजुरामा क्यान्सर अस्पताल बनाउन होस् वा कुनै अरु कामहरु । खजुराम विकासका कामहरु हुँदै गर्दा हाम्रा जनप्रतिनिधिले कति गुणस्तरीय काम गरे भनेर नियाल्न पनि जरुरी रहेको छ । मेरो उम्मेवारी भनेको खजुरामा हुने हरेक कामलाई गुणस्तरीय बनाउनु हो ।’ मल्ल पालिकामा हुने सडक पूर्वाधारदेखि सामाजिक कामहरुलाई गुणस्तरीय बनाउन जोड दिन्छिन् ।
खजुरा सामाजिक हिसाबले विभिन्न धर्मका मानिसहरुको बसोबास भएको स्थान हो । विशेषगरी हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको खजुरामा सामाजिक सद्भाव र समावेशी तरिकाले बसोबास गरेका गाउँहरु धेरै रहेका छन् ।
उपाध्यक्षकी उम्मेदवार मल्ल खजुरामा भएका सबै धर्मका व्यक्तिहरुलाई प्रतिनिधित्व हुने उम्मेवारका रुपमा पनि परिचित छिन् । सामान्य घरपरिवारबाट प्रतिनिधित्व गरेकी मल्लको राजनीतिक यात्रा गाउँदेखि सहरसम्म चुलिएको छ ।
मानिसका दुःख, पीडा, आवश्यकता, सामाजिक परिवर्तन, जनताका हकअधिकारलाई नजिकदेखि बुझेकी मल्लको खजुरा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी सार्थक नै देखिन्छ ।
मल्ल पालिकामा रहेका हरेक जनताले स्थानीय सरकारबाट पाउनु पर्ने सेवासुविधा समान पाउनु पर्ने धारणा राख्छिन् । उनी भन्छिन्–‘पालिकाले जनतालाई दिनुपर्ने हरेक सेवा सुविधामा जनताको पहुँच हुनुपर्छ । सबैलाई समान व्यवहार गर्नु पर्छ । तर, कतिपय अवस्थामा मानिसका अति आवश्यक कुराहरुलाई मध्यनजर गरेर पनि काम गर्नु पर्ने हुन्छ ।’
मल्लले खजुरामा अझैँ पनि सहयोग दिने विषयमा आ–आफ्ना नजिकका मान्छे हेर्ने कू–संस्कार रहेको बताउछिन् । उनी जनतालाई हेर्ने दृष्टिकोणमा जनप्रतिनिधिको समानता हुनुका साथै पालिकाको विकासका लागि दीर्घकालीन योजना र जनताको स्तरोन्नतिका लागि आफूले निर्वाचित भएपछि काम गर्ने बताउछिन् । काम गर्नका लागि भिजन र मिसन हुनु पर्नेमा उनको स्पष्ट दृष्टिकोण रहेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’