नेपालगन्ज २५ वैशाख : नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र र उपेयर उम्मेदवार शान्ति ढकालले यसपटक सहानुभुती मत सहित विजय हुने आँकल गरिएको छ । यहाँको विकासका लागि पटक–पटक जनताबाट अनुमोदित हुन चाहेका मिश्र र ढकाललाई मतदाताले न्याय गर्ने ‘मुड’ बनाएका छन् ।
मतदाताले मिश्रलाई परिपक्क नेताका रुपमा बुझेका छन् । गाविस अध्यक्ष, जिल्ला विकास समितिको सभापति हुँदै राजनीतिमा उदाएका मिश्रको परिपक्कता नेपालगन्जको विकासका लागि उपयोगी हुने बुझाइ धेरैको रहेको नेकपा एमाले नगर कमिटिका अध्यक्ष दत्तप्रसाद आचार्य बताउँछन् ।
‘नेपालगन्जका लागि पशुपतिदयाल मिश्र बेग्लै हाइट भएको नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँको अनुभव यहाँको विकासका लागि उपयोगी हुन्छ भन्ने मतदाताको बुझाइरहेको पाइएको छ ।’ नेपालगन्जमा धवल शम्सेर राणाको बिरासत थाम्नका लागि मिश्र भन्दा अर्को बिकल्प नभएको एमाले नेताहरु दाबी गर्छन ।
नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकामा २५ वर्षअघिको जित दोहो¥याउने गरी निर्वाचन अभियान शुरु गरेको हो । २०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको एमालेले त्यसयता वडाहरु बाहेक यहाँ कुनै पनि निर्वाचन जित्न सकेको छैन । केही समय अघिसम्म निर्वाचन जितिन्न भन्ने कमजोर मनस्थितीमा पुगेका नेता कार्यकता यसपटक निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी गर्छन, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति ।
उनी भन्छन्–‘संगठन सुदृडीकरण नै हाम्रो मुख्य शक्ति हो । अर्कोकुरा बिरोधीले जतिसुकै आरोप लगाएपछि हाम्रो सरकारको नेतृत्वमा मधेसमा धेरै विकास भयो । त्यो मुल्यांकन जनताले गर्दै हुनुहुन्छ । नेपालगन्जमा एमालेको संक्रमणकाल सकियो, अब हामी जित्ने शक्ति बनेर उभिएका छौं ।’
एमालेले नेपालगन्जको मेयरमा यहाँका पुराना र जनाधार भएका नेता मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र पार्टीगत मात्र होइन स्वतन्त्र मतदातामाझ राम्रो पकड भएका नेताकारुपमा चिनिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र स्वयं मिश्रका लागि समेत प्रतिकुल अवस्था रहँदा रहँदै सुर्य चुनाव चिन्हबाट लडेका उनले झण्डै १६ हजार मत ल्याएका थिए ।
नेपालगन्ज लगायत मधेसमा एमालेको लहर छ भने मिश्र एमालेको केन्द्रीय सदस्य छन् जो संगठन बिस्तारमा सक्रियतापूर्वक लागेका छन् । एमालेका सामान्य कार्यकर्तासम्म भिजेका छन् ।
अघिल्लो पटक पराजय व्यहोरेका मिश्रलाई यसपटक सहानुभुती मत समेत आउने बताउँछन् एमालेका युवा नेता एवं वडा नम्बर–१ का अध्यक्ष उम्मेदवार प्रमोद रिजाल । उनी भन्छन्–‘हामी २०७४ को भन्दा धेरै अनुकुल अवस्थामा छौं । तर यति भनेर हाइसन्चो मान्ने कुरा भएन । जित्नका लागि आवश्यक रणनीति बनाइरहेका छौं ।’
२०५४ सालको निर्वाचनमा युवा संघको नेता रहेका रिजालले यसपटक एमालेले नेपालगन्जमा २०५४ सालको जित दोहोरयाउने बताउँछन् । यसपटक नजिते फेरी जित्न नसकिने अठोट सहित एमालेका नेता कार्यकर्ताहरु चुनावी रणनीतिमा जुटेका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’