कोहलपुर २५ वैशाख : कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्यले कोहलपुर क्षेत्रमा शिक्षाको विकासका लागि सधै प्रतिबद्ध रहने बताएका छन् । उनले शिक्षाको गुणस्तरीयताका साथै प्राविधिक शिक्षाका लागि आफूले जोड दिने बताए ।
नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस ईकाई कमिटिको आयोजनामा आईतबार विहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख पदका उम्मेदवार आचार्यले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेस कोहलपुरले आफ्नो घोषणा पत्रमा प्राथिमकता दिएर बागेश्वरी बहुमुखी क्याम्पसमा सञ्चालित सबै स्नाकोत्तर तहका कार्यक्रमलाई आधुनिक र व्यवस्थित गरी सञ्चालन गर्ने कुरा उल्लेख गरे । यस्तै क्याम्पसमा दक्ष जनशक्ति र प्राध्यापकसहितको बिज्ञ टोली गठन गरी अनुसन्धानको कार्य पनि अगाडि बढाईने उनले बताए ।
नेपाली काँग्रेसबाट नगर प्रमुख र उपप्रमुख दुबै बागेश्वरी क्याम्पसको पूर्व विद्यार्थी भएकाले क्याम्पसको सर्वाङ्गिण विकासमा अति नै संवेदनशील रहेको धारणा उनले व्यक्त गरे ।
यसका साथै नगरपालिकाभित्र सञ्चालन गरिने विभिन्न योजना, नीति तथा कार्यक्रम निर्माण गर्नका लागि अनुसन्धान गरी कार्यलाई शसक्त रूपमा कार्यान्वयन गर्ने कुरामा उनले जोड दिएका थिए ।
यस्तै सोही अवसरमा नेपाली काँग्रेसबाट कोहलपुर उपप्रमुख पदकी उम्मेदवार संगीता सुवेदीले कोहलपुरको भविष्य युवाको हातमा रहेको भन्दै काँग्रेसलाई जिताउन अपील गरिन् ।
‘मलाई थाहा छ देशका हरेक कालखण्डमा युवाको भूमिका र योगदान महत्वपूर्ण छ, युवाको अग्रसरताले यो परिर्वतन प्राप्त गर्न सकिएको हो । युवा विद्यार्थीले कोहलपुरको प्रमुख र उपप्रमुखमा काँग्रेसलाई जिताएर नयाँ ईतिहास रच्नुहुनेछ’ उपप्रमुखकी उम्मेदवार सुवेदीले अगाडी थपिन्–‘युवाले गरेको निर्णयले कोहलपुरको समग्र मुहार फेर्नेछ ।’
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’