भुमिहिन सुकुम्बासी र मजदुरहरुको समस्याप्रति चिन्तित छु : बिष्ट


भुमिहिन सुकुम्बासी र मजदुरहरुको समस्याप्रति चिन्तित छु :  बिष्ट

नेपालगन्ज २५ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले भुमिहिन सुकुम्बासी र मजदुरको समस्या समाधानका लागि दत्तचित्त भएर लागि पर्ने बताएका छन् ।

आईतबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा ठुलो संख्याको उपस्थितिमा गरिएको घरदैलो कार्यक्रमका क्रममा उनले समुदायमा समस्या झेलीरहेका र अधिकार प्राप्ती गर्न नसकेका त्यस्ता बर्गहरुको समस्याप्रति अत्यन्तै चिन्तित रहेको बताए ।

उनले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–२० क्षेत्रफलका हिसावले पनि ठुलो वडा भएकाले विकासको लागि योजनागत रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले वडा नम्बर–२० कै राँझामा रहेको बिमान स्थलको स्तरउन्नतीका लागि संघीय सरकारसँग पहल गर्ने समेत बताए । यसका साथै मदताताहरुले दिएको हौसलाले आफूमा उत्साह थपिएको बिष्टको टिप्पणी छ ।

Kanti Aarogya Hospital Nepalgunj

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिक , नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोईराला लगायत बाक्लो संख्यामा काँग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । यो उपस्थितिले काँग्रेस प्रति जनलहर प्रष्ट रुपमा बढ्दै गएको भान आमनागरिकले गरेका छन् ।

बिष्ट पुग्नासाथ स्वःस्फूर्त रुपमा शुभेच्छुकहरुले उपस्थित भएर आर्शिबाद र शुभेच्छा प्रकट गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षमा रविन्द्र लामिछाने , महिला सदस्यमा गौरा यादव, दलित महिला सदस्य माजिरा सार्की , वडा सदस्यमा सन्तोष कुमार शर्मा र दीलबहादुर शाही रहेका छन् ।