नेपालगन्ज २५ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले भुमिहिन सुकुम्बासी र मजदुरको समस्या समाधानका लागि दत्तचित्त भएर लागि पर्ने बताएका छन् ।
आईतबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा ठुलो संख्याको उपस्थितिमा गरिएको घरदैलो कार्यक्रमका क्रममा उनले समुदायमा समस्या झेलीरहेका र अधिकार प्राप्ती गर्न नसकेका त्यस्ता बर्गहरुको समस्याप्रति अत्यन्तै चिन्तित रहेको बताए ।
उनले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–२० क्षेत्रफलका हिसावले पनि ठुलो वडा भएकाले विकासको लागि योजनागत रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले वडा नम्बर–२० कै राँझामा रहेको बिमान स्थलको स्तरउन्नतीका लागि संघीय सरकारसँग पहल गर्ने समेत बताए । यसका साथै मदताताहरुले दिएको हौसलाले आफूमा उत्साह थपिएको बिष्टको टिप्पणी छ ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिक , नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोईराला लगायत बाक्लो संख्यामा काँग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । यो उपस्थितिले काँग्रेस प्रति जनलहर प्रष्ट रुपमा बढ्दै गएको भान आमनागरिकले गरेका छन् ।
बिष्ट पुग्नासाथ स्वःस्फूर्त रुपमा शुभेच्छुकहरुले उपस्थित भएर आर्शिबाद र शुभेच्छा प्रकट गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षमा रविन्द्र लामिछाने , महिला सदस्यमा गौरा यादव, दलित महिला सदस्य माजिरा सार्की , वडा सदस्यमा सन्तोष कुमार शर्मा र दीलबहादुर शाही रहेका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’