डुुडुवा (बाँके) २५ वैशाख : बाँकेको डुडुवा गाउँपालिकाका नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले निर्वाचन नजिकिदँै गर्दा घरदैलो अभियानलाई तिब्र बनाएकाछन् ।
उनीहरुले आईतबार डुडुवा गाउँपालिकाको वडा नम्बर–६ हिरमिनियामा घरदैलो गरेका हुन् ।
घरदैलोका क्रममा मतदाताले आर्शिवाद दिदँै भने–‘बाबु फेरि जित्नुहोस् र हाम्रो गाउँपालिकालाई नमुना बनाउनुहो् ।’ अध्यक्ष पदका उम्मेदवार चौधरीले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र बिपद व्यवस्थापनको क्षेत्रमा आफूले गरेका कामहरुलाई आगामी कार्यकालमा अवसर पाएमा अझै प्रभावकारी बनाउने बताए ।
उनले विगतमा पूरा हुन नसकेका कामलाई पुरा गर्न आफुहरु चुनावी प्रतिस्पर्धामा होम्मिएको बताए । यस्तै उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले गाउँपालिकाले विकासका पुर्वाधार बिकाससंगै सामाजिक सहभागिता र न्यायको क्षेत्रमा पनि उल्लेखनीय काम गरेकाले आगामी कार्यकालका लागि पनि आफूहरुलाई जिताउन आग्रह गरे ।
उनले समुदायमा आधारित विकासका काममा गाउँपालिकाले विशेष जोड दिईरहेको बताए । अब एक पटक फेरी विजयी बनाएर विकासको काममा साझेदारी गर्न उनले आग्रह गरे ।