डुुडुवा (बाँके) २५ वैशाख : बाँकेको डुडुवा गाउँपालिकाका नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले निर्वाचन नजिकिदँै गर्दा घरदैलो अभियानलाई तिब्र बनाएकाछन् ।
उनीहरुले आईतबार डुडुवा गाउँपालिकाको वडा नम्बर–६ हिरमिनियामा घरदैलो गरेका हुन् ।
घरदैलोका क्रममा मतदाताले आर्शिवाद दिदँै भने–‘बाबु फेरि जित्नुहोस् र हाम्रो गाउँपालिकालाई नमुना बनाउनुहो् ।’ अध्यक्ष पदका उम्मेदवार चौधरीले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र बिपद व्यवस्थापनको क्षेत्रमा आफूले गरेका कामहरुलाई आगामी कार्यकालमा अवसर पाएमा अझै प्रभावकारी बनाउने बताए ।
उनले विगतमा पूरा हुन नसकेका कामलाई पुरा गर्न आफुहरु चुनावी प्रतिस्पर्धामा होम्मिएको बताए । यस्तै उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले गाउँपालिकाले विकासका पुर्वाधार बिकाससंगै सामाजिक सहभागिता र न्यायको क्षेत्रमा पनि उल्लेखनीय काम गरेकाले आगामी कार्यकालका लागि पनि आफूहरुलाई जिताउन आग्रह गरे ।
उनले समुदायमा आधारित विकासका काममा गाउँपालिकाले विशेष जोड दिईरहेको बताए । अब एक पटक फेरी विजयी बनाएर विकासको काममा साझेदारी गर्न उनले आग्रह गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’