बैजनाथका मतदाताले काँग्रेसलाई नै चाहेका छन्ः अध्यक्षका उम्मेदवार शाही


बैजनाथका मतदाताले काँग्रेसलाई नै चाहेका छन्ः अध्यक्षका उम्मेदवार शाही

बैजनाथ (बाँके) २५ वैशाख : बैजनाथ गाउँपालिकाको चुनावी परिणाम आफ्नो पोल्टामा पार्न काँग्रेस उम्मेदवारहरु जोडतोडले लागेका छन् ।

एमालेको विरासत भत्काउने उद्देश्यका साथ आक्रामक ढंगले प्रस्तुत भइरहेको काँग्रेसले घरदैलादेखि कोणसभा, ¥याली लगायतका गतिविधि गरिरहेको जनाएको छ । मतदातालाई मत हाल्न सिकाउने काम पनि संगसंगै भइरहेको छ ।

बैजनाथमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा प्रकाश बहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय चुनावी मैदानमा छन् । ८ वटा वडा रहेको बैजनाथमा वडाको परिणाम पनि आफ्नो पक्षमा पार्न कांग्रेस उम्मेदवारहरु चर्को दौडधुपमा छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जितेपछि वितेको पाँच वर्षमा गर्न नसकेका कामहरुको फेहरिष्ट बोकेर काँग्रेस चुनावी मैदानमा छ । जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी एमालेका जनप्रतिनिधिहरुबाट काम हुन नसकेको एजेण्डा बोकेर चुनावी मैदानमा होमिएको काँग्रेसले बैजनाथ बनाउने जिम्मा अब आफ्नो पार्टीलाई दिन आग्रह गरिहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

एमालेले मुख पनि देखाउन नमिल्ने गरी जनतालाई निराश बनाएकाले मतदाताहरुले यसपटक काँग्रेसलाई रोज्नुको विकल्प नदेखेको अध्यक्षका उम्मेदवार शाही बताउँछन् ।

‘हामी गर्न सकिने प्रतिबद्धतासहितको घोषणापत्र बोकेर चुनावमा होमिएका छौैं, हामीलाई विश्वास छ बैजनाथका जनताले हाम्रो आवश्यकता महसुस गरिसक्नुभएको छ, अब मतपत्रमा व्यक्त गर्न मात्र बाँकी छ,’ शाही भन्छन्–‘जनताले बैजनाथमा अब काँग्रेसलाई नै चाहेका छन्, त्यो दिन अब निकै नजिक आइसकेको छ ।’

अध्यक्षका उम्मेदवार शाही र उपाध्यक्षका उम्मेदवार रोकायले आईतबार पनि वडा नम्बर ३ र ४ का विभिन्न गाउँ र टोलहरुमा घरदैलो गरेका छन् ।