खजुरा (बाँके) २५ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनको प्रभाव बढ्दै गएको छ । गाँउपालिकामा माओवादी र काँग्रेसको गठबन्धन छ भने वडास्तरमा नेकपा समाजवादी पार्टी पनि जोडिएको छ ।
गठबन्धनतर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले निर्वाचन जित्नका लागि नै गठबन्धन बनेको बताए । उनका अनुसार गाँउपालिकाका ८ वडामध्य १ देखि ४ सम्मका वडामा गठबन्धन भएको छ । वडा नम्बर १ र ३ मा काँग्रेस र वडा नम्बर २ र ४ मा माओवादीले अध्यक्ष पदको उम्मेदवारी पाएको छ ।
पालिकाका सबै वडामा गठबन्धनले गरेको चुनावी कसरतले खजुरामा गठबन्धनको प्रभाव बढ्दै गएको उनले बताए । खजुरामा गठबन्धनतर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्लले गाँउपालिका गठबन्धनमय बन्न सफल हुँदै गएको बताइन् ।
आईतबार पनि गठबन्धनले गाउँपालिकाका विभिन्न वडाहरुमा निर्वाचन आयोगको आचारसंहितभित्र रहेर प्रचार प्रसार गरेका छन् । सामान्य रुपमै जनताको घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवारहरुसँग खजुरावासीले आफ्नो ठाउँका समस्या सुनाए ।
गठबन्धनले वडा नम्बर–२, सीतापुरमा जनतासँगको भेटघाटमा वडामा हुने विकास निर्माणका काममा भ्रष्टाचार नगर्नै प्रतिबद्धता जनाए । आफूले निर्वाचन जिते भ्रष्टाचारलाई शून्य सरह बनाउने अध्यक्ष पदका उम्मेदवार तुफानले बताए । उनले खजुरामा रहेको सुकुम्वासीका समस्यालाई समाधान गर्नका लागि समेत अग्रसरता लिने बताए ।
उपाध्यक्ष पदका उम्मेदवारी मल्लले आफू निर्वाचन भएपश्चात सबैलाई समान रुपम सेवा दिने बताइन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’