जानकी (बाँके) २५ वैशाख : बाँकेको जानकी गाउँपालिकामा चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरु कसरतरत छन् । मतदाताहरुलाई आफ्ना कार्ययोजना सुनाउँदै उम्मेदवारहरु घरदैलोमा हिँडिरहेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवारहरुले पनि मतदातालाई भेटेर आफूलाई निर्वाचित गराउन आग्रह गरिरहेका छन् । जानकी गाउँपालिकामा विकास र समृद्धिलाई नयाँ शिराबाट अघि बढाउन काँग्रेसलाई जिताउनुपर्ने काँग्रेस उम्मेदवारहरुको आग्रह छ ।
काँग्रेसका अध्यक्ष उम्मेदवार छब्बन खाँले जानकीमा अब काँग्रेसलाई जिताउनुपर्ने मत बलियो बन्दै गएको आफूले पाएको बताए । ‘जे सोँचेर एमालेलाई जितायौं, त्यो हुन सकेन, विकास गर्ने, जनताका पीर–मर्का सुन्ने पार्टी काँग्रेस नै रैछ, अब त हाम्रो रोजाई काँग्रेस नै हो भनेर मतदाताहरुले हामीसंग भनिरहनुभएको छ, त्यसैले जानकीमा यो पटक कांग्रेसले किल्ला गाड्छ,’ खाँले भने ।
मतदाताहरुले काँग्रेसका उम्मेदवारहरुप्रति भरोसा गरेकाले आफूहरुको जित सुनिश्चित रहेको उपाध्यक्षकी उम्मेदवार रामप्यारी यादवले बताइन् । खाँ र यादबले आईतबार वडाका उम्मेदवाहरुसंगै वडा नम्बर २ र ३ का विभिन्न गाउँहरुमा घरदैलो गरेका छन् ।