राप्तीसोनारी(बाँके) २६ वैशाख : राप्तीसोनारी गाँउपालिका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेले मतदातालाई प्रत्यक्ष भेटेर गुनासो सुन्ने गरेकाछन् ।
मतदाताहरुको घरदैलोमै पुगेर उनीहरुका गुनासो सुनेको र धेरैका गुनासोलाई आफूले टिपोर्ट गरेको उनले बताए । अब प्रचार प्रसार गर्ने समय अन्तिम चरणमा पुगेका मतदाता भेटघाट कार्यलाई तिब्रता दिएको उनले बताए ।
भेटघाटका क्रममा मतदाताहरुले सिंचाई, खानेपानी, बाटोघाटो, मल विउ लगायतका समस्या सुनाएका थिए । ती समस्या समाधान गर्ने योजना रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार पौडेलले जनताको सेवामा सधै सर्मपित हुने प्रतिबद्धता जनाए ।
यसैक्रममा पौडेलले सोमबार राप्तिसोनारी गाँउपालिका वडा नम्बर–२ को हरीहरपुरमा भेटघाट गरे । यस्तै वडा नम्बर– ६ मा पनि मतदातासंग भेटघाट गरिएको छ ।
अध्यक्ष पदका उम्मेदवार पौडेल र उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारु लगायतले मतदाता भेटघाट गरिरहेको नेपाली काँग्रेस राप्तीसोनारीका सभापति भिमबहादुर रानाक्षेत्रीले जानकारी दिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’