मतदाताको गुनासो सुन्दै, भोट माग्दै पौडेल


मतदाताको गुनासो सुन्दै, भोट माग्दै पौडेल

राप्तीसोनारी(बाँके) २६ वैशाख : राप्तीसोनारी गाँउपालिका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेले मतदातालाई प्रत्यक्ष भेटेर गुनासो सुन्ने गरेकाछन् ।

मतदाताहरुको घरदैलोमै पुगेर उनीहरुका गुनासो सुनेको र धेरैका गुनासोलाई आफूले टिपोर्ट गरेको उनले बताए । अब प्रचार प्रसार गर्ने समय अन्तिम चरणमा पुगेका मतदाता भेटघाट कार्यलाई तिब्रता दिएको उनले बताए ।

भेटघाटका क्रममा मतदाताहरुले सिंचाई, खानेपानी, बाटोघाटो, मल विउ लगायतका समस्या सुनाएका थिए । ती समस्या समाधान गर्ने योजना रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार पौडेलले जनताको सेवामा सधै सर्मपित हुने प्रतिबद्धता जनाए ।

यसैक्रममा पौडेलले सोमबार राप्तिसोनारी गाँउपालिका वडा नम्बर–२ को हरीहरपुरमा भेटघाट गरे । यस्तै वडा नम्बर– ६ मा पनि मतदातासंग भेटघाट गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष पदका उम्मेदवार पौडेल र उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारु लगायतले मतदाता भेटघाट गरिरहेको नेपाली काँग्रेस राप्तीसोनारीका सभापति भिमबहादुर रानाक्षेत्रीले जानकारी दिए ।