नेपालगन्ज २६ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाको मेयरको कुर्सीमा बस्न दौडधुप गरिरहेका उम्मेदवारहरुले विभिन्न बुँदा र शीर्षकमा आ–आफ्ना रणनीति, टिप्स र आश्वासनहरु बाँडिरहेका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनका विषयमा पनि उम्मेदवारका आ–आफ्ना धारणा बाहिर आएका छन् । कसैले कसम खाएर भ्रष्टाचार नगर्ने र नियन्त्रण गर्ने बताइरहेका छन्, भने कसैले भ्रष्टाचार नियन्त्रणका लागि गर्नुपर्ने कामहरु सार्वजनिक गरेका छन् ।
उम्मेदवारसँगको ‘टक सो’हरुमा भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दा जोडले उठ्ने गरेको हो । उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता पत्रमा पनि यस विषयलाई समेटेका छन् । यस मुद्दाले समग्र विकास र शासन पद्धतिमा असर पार्ने भएकाले उम्मेदवारलाई सचेत र जिम्मेवारीबोध गराउने काम भइरहेका छन् ।
नेपालगन्जमा भएका विभिन्न कार्यक्रमहरुमा काँग्रेसका उम्मेदवार प्रशान्त विष्ट, एमालेका पशुपतिदयाल मिश्र र राप्रपाका नन्दलाल बैश्यले भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा आफ्ना धारणा राख्ने गरेका छन् ।
एमालेका उम्मेदवार मिश्रले डिजिटल माध्यमबाट भ्रष्टाचार नियन्त्रण गर्ने योजना अघि सारेका छन् । कामलाई जानीजानी ढिलो गरेर भ्रष्टाचार गरिने प्रवृत्ति रहेकाले एप्समार्फत निवेदन दिएर निश्चित समयमा काम सम्पन्न हुने वातावरण सिर्जना गर्दा भ्रष्टाचार स्वतः कम हुने मिश्रको तर्क छ । यदि नगरपालिकाको कार्यालयमा पुग्नुपर्ने र त्यहाँका कर्मचारीलाई भेटेर कुरा गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरी केही काम घरमा बसी अनलाइन माध्यमबाट गर्न सकियो भने भ्रष्टाचार सजिलै नियन्त्रणमा आउने मिश्रको भनाई छ ।
मतदाताले अहिले नै कुन उम्मेदवार राम्रा योजनाहरु लिएर अघि बढेको छ भन्ने छुट्याउन सक्नुपर्छ । भिजन भएका, परिपक्क, विकास गर्न सक्ने, सबैलाई मिलाएर लैजान सक्ने, केन्द्र र प्रदेशबाट बजेट ल्याउन सक्ने व्यक्तिलाई अगाडि सार्दा नगरको विकासमा फड्को मार्न सकिन्छ ।
नेपालगन्ज उपमहानगरपालिकामा आन्तरिक खर्चले कर्मचारीलाई तलव खुवाउन ठिक्क छ । समग्र विकास गर्नका लागि केन्द्र र प्रदेशबाट ठूलो बजेट ल्याउनु पर्छ । केन्द्र र प्रदेशबाट ठूलो बजेट ल्याउन सक्ने र पारदर्शी रुपमा काम गराउन सक्ने मेयर चाहिएको छ । अहिले मैदानमा देखिएका तीन जनामध्ये पशुपतिदयाल मिश्र त्यसका लागि योग्य रहेको बुद्धिजीवी वर्गको धारणा आइरहेका छन् । नेपालगन्जबासीले अहिले नै होस पु¥याउन सकेनन् र राम्रो मान्छे छान्न सकेनन् भने पाँच वर्षसम्म पछुताउनुको विकल्प छैन ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’