कोहलपुर २६ वैशाख : विकट ठाउँमा जन्मिएकाले पनि होला पूर्णप्रसाद आचार्यलाई सामाजिक क्षेत्रमै रहेर काम गर्ने र समाजलाई नमुना बनाउने हुटहुटी सानैदेखिको होे । संयोगनै मान्नु पर्छ तत्कालिन परिस्थितिले उनको चाहनालाई बाटो देखायो ।
परिस्थिति निर्माणका दुईवटा कारण हुँदा रहेछन् उनी सम्झन्छन्–‘एउटा बाध्यकारी अर्को स्वःस्फुर्तरुपमा सिर्जित ।’ आचार्यलाई स्वःस्र्फुतरुपमा सिर्जित परिस्थितिले नभएर बाध्यकारी परिस्थितिले समाजसेवाको बाटो जबरजस्त निर्माण गरिदियो त्यो हो तत्कालिन सशस्त्र द्वन्द्व ।
राज्य व्यवस्था परिवर्तनका लागि तत्कालिन माओबादीको नेतृत्वमा भएको जनयुद्धबाट आचार्य परिवार सल्यानबाट विस्थापित भयो । द्वन्द्वकालको समयमा सल्यानमा बसोबास गर्न निकै जटिल अवस्था सिर्जना भएपछि उनको परिवार बर्दिया जिल्लाको राजापुर हुँदै २०५७ साल कोहलपुर नगरपालिका वडा नम्बर–८ मा बसाइ सर्यो ।
बुबा हिरालाल आचार्य र माता इन्दिरा आचार्यको कोखबाट २०४३ साल जेष्ठ १४ गते जन्मिएका आचार्यका तीन दिदीबहिनी छन् । द्वन्द्वकालमा परिवार विस्थापितको पीडा, आफु जन्मिएको गाउँठाउँलाई सम्बृद्ध बनाउने सपनामा कुठराघात भएपनि समाजसेवाको हुटहुटी भने कम हुनै सकेन् । त्यसैले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा पढ्दैदेखि उनी विद्यार्थी राजनीतिमा आबद्ध भए ।
राजनीतिबाटनै समाजसेवा गर्छु भन्ने अठोटसँगै उनी स्कुले जीवनमै राजनीतिमा पाइला टेकिसकेका थिए । त्यहीबाट शुरु भयो आचार्यको राजनीतिबाट समाजसेवा र देश परिवर्तनको सपना । आज त्यही सपनालाई मूर्तरुपमा दिन सम्बृद्ध कोहलपुर बनाउने अठोट र दृढ ईच्छाशक्तिसहित ३५ वर्षीय आचार्य कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेकाछन् । वीपीको आदर्शबाट प्रभावित आचार्य सामान्य परिवारमा हुर्किएका एक जुझारु, कर्मशील, समाजसेवी, शिक्षित, बेदागी युवा उम्मेदवारमा परिचित छन् ।
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट प्रमाणपत्र तह, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर तह उत्र्तीण गरेका नगर प्रमुख पदका उम्मेदवार आचार्य प्रखर वक्ताकारुपमा परिचित छन् ।
करिब ८ वर्ष नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भई कुशल नेतृत्व प्रदान गरेको उनको अनुभव छ । नेपाली कांँग्रेसको १३ औँ महाधिबेसनमा तत्कालिन मध्य तथा सुदूर पश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिबेसनबाट महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा अत्याधिक मतले विजयी भए ।
राजनीतिकसँगै सामाजिक कार्यमा सक्रिय यूवा नेता आचार्यले कोरोना भाईरसको महामारीको समयमा हुने खानेले हुँदा खानेलाई सहयोग भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरी आम नागरिकको घर–घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा काँधमा काँध मिलाउँदै स्वास्थ्य सामाग्री देखि गास, बासको समेत व्यवस्थापनमा आफै खटिएर सहयोग गरे ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालका लुम्बिनी प्रदेका अध्यक्ष समेत रहेका आयार्चले खेलकुदलाई नजिकबाट बुझेका छन् । कोहलपुर नगरलाई समुन्नत बनाउन र दुरदृष्टि सहितको नेतृत्व प्रदान गर्न आचार्य सबैको भरोसाका केन्द्रकोरुपमा आफुलाई स्थापित गरिसकेकाछन् ।