नेपालगन्ज २६ वैशाख : नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसहितको उम्मेदवारले सोमबार विहानै नेपालगन्ज उपमहानगरपालिका–१० मा घरदैलो तथा कोणसभा गरेकाछन् ।
कोणसभामा बोल्दै बिष्टले यसअघि काँग्रेसले जितेको वडा नम्बर– १० मा यसपटक नर बहादुर बिष्टको पुरै टिमलाई जिताउन सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले नेपालगन्जको विकासका लागि काँग्रेसको विकल्प नभएको बताए । त्यस्तै नगर प्रमुखका उम्मेदवार बिष्टलाई वडा नम्वर १० मा पनि मतदाताले हौसला दिएका छन् । आफू निर्वाचित भए पश्चात् तपाईंहरुका समस्या र अधुरा कार्य सबै पूरा गर्ने नगर प्रमुख बिष्टले बताए ।
काँग्रेसले सारेका एजेण्डामा मतदाताहरुको सर्मथन जुट्दै सहमती जनाएकाछन् । जस्का कारण प्रशान्तको जित बलियो बन्दै गएको छ । यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नगरप्रमुखमा प्रशान्त बिष्ट र गठवन्धन दलका उपप्रमुख कमरुद्दिन लाईलाई विजयी बनाउन लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले विकासप्रेमी र योजनासहितको टीमलाई जिताउन मतदातालाई आव्हान गरे । काँग्रेस बाँकेका पूर्व पार्टी सभापति किरण कोइरालाले काँग्रेसको जितलेमात्रै सम्बृद्धि छाउने बताए । घरदैलो तथा कोणसभामा काँग्रेसी कार्यकर्ता तथा शुभेच्छुकहरुको बाक्लै उपस्थिति रहेको थियो ।
यसैबीच, नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त बिष्टले घरदैलोलाई तीब्र बनाएकाछन् ।
विष्टले सोमबार विहान नेपालगन्ज –१० गोसाइँगाउँका मतदाताहरुलाई भेटे । मतदाताहरुसँग भेटघाट गर्दै विष्टले स्थानीयका समस्या सुन्दै समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए ।
विष्टले आफू नगर प्रमुखमा निर्वाचित भए पूर्वाधार विकाससंगै स्वास्थ्य, शिक्षा लगायतका विषयहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मतदाताहरुले बिष्ट नेपालगन्जमा चिरपरिचित अनुहार र सहयोगी मनका व्यक्ति रहेको भन्दै विष्टलाई नगर प्रमुमा जिताउन आफूहरु लागिपरेको प्रतिक्रिया दिएका छन् ।
घरदैलोमा नगर प्रमुखका उम्मेदवार विष्टसंगै वडा नम्बर–१० का वडा अध्यक्ष पदका उम्मेदवार नरबहादुर बिष्ट सहित सदस्यका उम्मेदवारहरु, नेता, कार्यकर्ता एवम् शुभेच्छुहरुको उपस्थिति थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’