नेपालगन्ज २६ वैशाख : नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसहितको उम्मेदवारले सोमबार विहानै नेपालगन्ज उपमहानगरपालिका–१० मा घरदैलो तथा कोणसभा गरेकाछन् ।
कोणसभामा बोल्दै बिष्टले यसअघि काँग्रेसले जितेको वडा नम्बर– १० मा यसपटक नर बहादुर बिष्टको पुरै टिमलाई जिताउन सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले नेपालगन्जको विकासका लागि काँग्रेसको विकल्प नभएको बताए । त्यस्तै नगर प्रमुखका उम्मेदवार बिष्टलाई वडा नम्वर १० मा पनि मतदाताले हौसला दिएका छन् । आफू निर्वाचित भए पश्चात् तपाईंहरुका समस्या र अधुरा कार्य सबै पूरा गर्ने नगर प्रमुख बिष्टले बताए ।
काँग्रेसले सारेका एजेण्डामा मतदाताहरुको सर्मथन जुट्दै सहमती जनाएकाछन् । जस्का कारण प्रशान्तको जित बलियो बन्दै गएको छ । यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नगरप्रमुखमा प्रशान्त बिष्ट र गठवन्धन दलका उपप्रमुख कमरुद्दिन लाईलाई विजयी बनाउन लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले विकासप्रेमी र योजनासहितको टीमलाई जिताउन मतदातालाई आव्हान गरे । काँग्रेस बाँकेका पूर्व पार्टी सभापति किरण कोइरालाले काँग्रेसको जितलेमात्रै सम्बृद्धि छाउने बताए । घरदैलो तथा कोणसभामा काँग्रेसी कार्यकर्ता तथा शुभेच्छुकहरुको बाक्लै उपस्थिति रहेको थियो ।
यसैबीच, नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त बिष्टले घरदैलोलाई तीब्र बनाएकाछन् ।
विष्टले सोमबार विहान नेपालगन्ज –१० गोसाइँगाउँका मतदाताहरुलाई भेटे । मतदाताहरुसँग भेटघाट गर्दै विष्टले स्थानीयका समस्या सुन्दै समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए ।
विष्टले आफू नगर प्रमुखमा निर्वाचित भए पूर्वाधार विकाससंगै स्वास्थ्य, शिक्षा लगायतका विषयहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मतदाताहरुले बिष्ट नेपालगन्जमा चिरपरिचित अनुहार र सहयोगी मनका व्यक्ति रहेको भन्दै विष्टलाई नगर प्रमुमा जिताउन आफूहरु लागिपरेको प्रतिक्रिया दिएका छन् ।
घरदैलोमा नगर प्रमुखका उम्मेदवार विष्टसंगै वडा नम्बर–१० का वडा अध्यक्ष पदका उम्मेदवार नरबहादुर बिष्ट सहित सदस्यका उम्मेदवारहरु, नेता, कार्यकर्ता एवम् शुभेच्छुहरुको उपस्थिति थियो ।