कोहलपुर २६ वैशाख : दलित अधिकारका मुद्दालाई संस्थागत गर्न स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्न आवश्यक रहेको कोहलपुर क्षेत्रका दलित अधिकारकर्मीहरुले बताएका छन् ।
राष्ट्रिय राजनीतिमा दलित समुदायको बलियो उपस्थितिका लागि काँग्रेसले प्रयासरत गरीरहेकोमा उनीहरुले खुशी व्यक्त गरे ।
दलित संघ बाँकेले सोमबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोहलपुर नगरपालिकाको विकासका लागि प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पुर्ण प्रसाद आयार्य र उपप्रमुख संगिता सुवेदी र लगायत सबै उम्मेदवारहरुले जित्न आवश्यक रहेको बताएका हुन ।
कार्यक्रममा दलित संघ बाँके अध्यक्ष कृष्ण बिकले नेपाली काँग्रेसको नेतृत्वको सरकारले दलित आयोग गठन भएको र दलितको अधिकारका लागि काँग्रेसले सदैव चासो र चिन्ता दिएकाले नेपाली काँग्रेसलाई मतदान गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार आचार्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा दलित समुदायको सहज पहँुच बढाउन विशेष कार्यक्रम सञ्चालन गरीने बताए ।
उनले दलित समुदायका बिद्यार्थीलाई शैक्षिक छात्रवृत्तीको व्यवस्था गर्ने प्रतवद्धता समेत व्यक्त गरे । यसका साथै उनले दलित समुदायको हक हितका लागि योजनागत रुपमा काम गर्ने बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’