कोहलपुर २६ वैशाख : दलित अधिकारका मुद्दालाई संस्थागत गर्न स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्न आवश्यक रहेको कोहलपुर क्षेत्रका दलित अधिकारकर्मीहरुले बताएका छन् ।
राष्ट्रिय राजनीतिमा दलित समुदायको बलियो उपस्थितिका लागि काँग्रेसले प्रयासरत गरीरहेकोमा उनीहरुले खुशी व्यक्त गरे ।
दलित संघ बाँकेले सोमबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोहलपुर नगरपालिकाको विकासका लागि प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पुर्ण प्रसाद आयार्य र उपप्रमुख संगिता सुवेदी र लगायत सबै उम्मेदवारहरुले जित्न आवश्यक रहेको बताएका हुन ।
कार्यक्रममा दलित संघ बाँके अध्यक्ष कृष्ण बिकले नेपाली काँग्रेसको नेतृत्वको सरकारले दलित आयोग गठन भएको र दलितको अधिकारका लागि काँग्रेसले सदैव चासो र चिन्ता दिएकाले नेपाली काँग्रेसलाई मतदान गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार आचार्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा दलित समुदायको सहज पहँुच बढाउन विशेष कार्यक्रम सञ्चालन गरीने बताए ।
उनले दलित समुदायका बिद्यार्थीलाई शैक्षिक छात्रवृत्तीको व्यवस्था गर्ने प्रतवद्धता समेत व्यक्त गरे । यसका साथै उनले दलित समुदायको हक हितका लागि योजनागत रुपमा काम गर्ने बताए ।