नेपालगन्ज २६ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता ब्यक्त गरेका छन् ।
संवाद समूह बाँकेद्वारा सोमबार नेपालगन्जमा आयोजित स्थानीय तह निर्वाचन २०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
विभिन्न राजनीतिक दलबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका प्रत्यासीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना नै अन्तिम विकल्प भएको स्वीकार्दै प्रतिवद्धता सार्वजनिक गरेका हुन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि ९ जना प्रतिष्पर्धामा छन् ।
मुख्य निर्वाचन अधिकृत, सञ्चारकर्मी र अधिकारकर्मी लगायतकोे सहभागिता रहेको कार्यक्रममा उनीहरुले आचारसंहिताको पालना गर्ने र गराउने दायित्वबाट विमुख नहुने वाचा गर्दै सामुहिक खबरदारी र हातेमालोको आवश्यक्तामा पनि जोड दिए ।
राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नन्दलाल वैश्यले आचारसंहिता पालनाको प्रयास भइरहेको भन्दै कहीं कतै उल्लघंन भएको पाइए सचेत गराउन पनि निर्वाचन आयोगलाई आग्रह गरे । आचार संहिता उल्लघंन नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले अनुगमनसँगै शान्तिसुरक्षाको व्यवस्था मिलाउन पनि जोड दिए ।
राप्रपा नेपालबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार अभय बस्नेतले व्यानर, झण्डा, स्टीकरको प्रयोग गरेर आचारसंहिता उल्लघंन भइरहेपनि कानूनी दायरामा ल्याउन कन्जुस्याँई भइरहेको दावी गरे ।
उनले आफु र आफनो पार्टीले आचार संहिता उल्लघंन नगर्ने प्रतिबद्धता दोह¥याए । यस्तै नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुखका उम्मेदवार शान्ति ढकालले आचारसंहिता उल्लघंन गर्नेले गरिरहेकै भएपनि आफुहरुले कहीं कतै नगरेको यदि त्यस्तो पाइएमा कानूनी कारबाही भोग्न पनि तयार रहेको उद्घोष गरिन् ।
मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले आचारसंहिता स्वयंले लागु गर्नु पर्ने भन्दै तडक भडक प्रचार गरेर जीतीन्छ भन्ने मानसिकता त्याग्न उम्मेदवारलाई आह्वान गरे ।
आचार संहिता उल्लंघन गर्नेलाई मतदाताले मतद्वारा पनि दण्डीत गर्ने दावी गर्दै उनले प्रमाणसहित उजुरी आएमा कानूनी कारवाही गरिने स्पष्ट पारे ।
कार्यक्रममा राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उम्मेदवार विन्दु चर्तीमगर, अधिवक्ता लोक बहादुर शाह लगायतले आचारसंहिता पालनाबारे आफ्ना विचार राखेका थिए ।
संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजिकरण गरिएको कार्यक्रममा संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले उम्मेदवारले अपनाउनु पर्ने आचारसंहिता बारे प्रकाश पारेका थिए ।
संवाद समूह, बाँकेले स्थानीय तह निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’