बैजनाथ २६ वैशाख : बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश बहादुर शाहीले प्रस्तुत गरेका विकासका योजनाहरु सुनेर मतदाताहरु हर्षित भएका छन् ।
बैजनाथ गाँउपालिकाको वडा नम्बर– १, २ र ३ मा सोमवार गरिएको घरदैलो कार्यक्रमका क्रममा अध्यक्ष पदका उम्मेदवार शाहीले आधुनिक कृषि प्रणली, कृषि अनुदान, प्राविधिक शिक्षा, शैक्षिक सुधारक कार्यक्रम, घर–घरमा स्वास्थ्य सेवा, बैजनाथबासीलाई निःशुल्क स्वास्थ्य बीमा, सीपमुलक तालिम, कला संस्कृती संरक्षण लगायतका बिषयमा आफूले बनाएका योजनाहरु प्रस्तुत गरेका थिए ।
सोक्रममा योजनाहरु सुनेर मतदाताहरु हर्षित भएका थिए । घरदैलोका क्रममा मतदाताले काँग्रेसका उम्मेदवारहरुलाई जितको अग्रिम शुभकामना दिएका छन् ।
यस्तै घरदैलोको क्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार निर्मला रोकायले बैजनाथ गाउँपालिकालाई समृद्ध बनाउन बनाएका योजनाहरुलाई कार्यान्वयन गर्ने बताइन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’