आजबाट मौनअवधि शुरु, तीन दिन सीमा नाका बन्द

वैशाख २९ गते राती १२ बजेदेखि कुनैपनि सवारीसाधन नचल्ने


आजबाट मौनअवधि शुरु, तीन दिन सीमा नाका बन्द

File Photo

नेपालगन्ज २६ वैशाख : स्थानीय निर्वाचनका लागि मङ्गलबार (आजअ) देखि तीन दिन सीमा नाका बन्द हुने भएका छन् । गृह मन्त्रालयका अनुसार आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुनेछन् ।

नेपालसंग जोडिएको चीन र भारत दुवैतिरका नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । चुनाव हुँदा अन्तर्राष्ट्रिय नाका बन्द हुने गरेका छन् ।

यसअघि पनि चुनावको बेला सीमा नाका बन्द गरिँदै आएका थिए । मौन अवधिमा सीमा नाका बन्द गर्न लागिएको हो । मंगलबार राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन । यससँगै सीमा नाकामा सुरक्षा व्यवस्था पनि कडा गरिएको गृह मन्त्रालयले जनाएको छ । भने मौन अवधिमा मदिराको विक्री वितरण पनि बन्द गरिएको छ ।

चुनावी सुरक्षालाई ध्यानमा राखेर मदिराको विक्री वितरणमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै नेपाल–भारत सीमानाका आगामी तीन दिनसम्मका लागि बन्द हुने जनाएकोछ । यो अवधिमा अत्यावस्यक बाहेकका अरु सबैलाई पूर्णरुपमा आउजाउ रोक लगाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

वैशाख २९ गते राती १२ बजेदेखि कुनैपनि सवारीसाधन नचल्ने

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आगामी वैशाख २९ गते राती १२ बजेदेखि जिल्लामा कुनै पनि सवारी साधन चल्न नपाउने भएकाछन् ।

निर्वाचन आचारसंहिता अनुसार मङ्गलबार(आज) राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजेसम्म मौन अवधि सुरु हुँदैछ । भने वैशाख २९ गते बिहीबार राती १२ बजेदेखि ३० गते शुक्रबार राती १२ बजेसम्म कुनै पनि सवारी साधन चल्न पाउने छैन ।

सर्वसाधरणमा मौन अवधि सुरु भएको दिनदेखि नै कुनैपनि सवारी साधन चल्न नपाउने भन्ने गलत सूचना प्रवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुशुदन न्यौपानेले भने–‘आज राति १२ बजेदेखि मौनअवधि र नेपालको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने हो, वैशाख २९ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म कुनैपनि सवारी साधन चल्न नपाउने हो ।’

अयसअघि गृह मन्त्रालयले एक सूचना जारी गर्दै मङ्गलबार (आज) राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने जनाएकोछ । भने यही समयबाट मौन अवधि शुरु हुनेछ । डिएसपी न्यौपानेले भने ‘जिल्लामा निर्वाचन लक्षित सुरक्षा संयन्त्र चुस्तदुरुस्त पारिएकोछ । सीमा नाकामा सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन भए नभएको निगरानी गरिरहेकाछौं ।’ चुनावी सुरक्षालाई ध्यानमा राखेर मदिराको विक्री वितरणमा रोक लगाइएको उनले बताए ।