‘स्थानीयका समस्याहरु साकार गर्न लागि पर्ने छु’: पौडेल


‘स्थानीयका समस्याहरु साकार गर्न लागि पर्ने छु’: पौडेल

राप्तीसोनारी(बाँके) २७ वैशाखः नेपाली काँग्रेसबाट राप्तीसोनारी गाउँपालिकाका अध्यक्षका उम्मेदवार तप्त पौडेलले निर्वाचित भए पश्चात् स्थानीयका समस्याहरु साकार गर्न लागि पर्ने बताए ।

उनले राप्तीसोनारीका समस्या संग आफू लामो समयदेखि परिचित भएकाले बिषयगत रुपमा समस्या समाधान गर्दे जाने बताए ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–८ स्थित ढकेरीमा मङ्गलबार घरदैलोका क्रममा पौडेलले राप्तीसोनारीको समग्र विकासका लागि आफूलाई बिजयी गराउन आग्रह गरे ।

यस्तै उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारुले राप्तीसोनारी गाउँपालिकाको विकासका लागि नेपाली कांग्रेस सदैव लागि पर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

वडा नम्ब–८ स्थित ढकेरीको घरदैलोमा बाँके काँग्रेस प्रवक्ता डिल्ली गिरी, वडा नम्बर–८ का अध्यक्षका उम्मेदवार नरेन्द्र विक्रम वलीसहित सदस्यका उम्मेदवार लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।