राप्तीसोनारी(बाँके) २७ वैशाखः नेपाली काँग्रेसबाट राप्तीसोनारी गाउँपालिकाका अध्यक्षका उम्मेदवार तप्त पौडेलले निर्वाचित भए पश्चात् स्थानीयका समस्याहरु साकार गर्न लागि पर्ने बताए ।
उनले राप्तीसोनारीका समस्या संग आफू लामो समयदेखि परिचित भएकाले बिषयगत रुपमा समस्या समाधान गर्दे जाने बताए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर–८ स्थित ढकेरीमा मङ्गलबार घरदैलोका क्रममा पौडेलले राप्तीसोनारीको समग्र विकासका लागि आफूलाई बिजयी गराउन आग्रह गरे ।
यस्तै उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारुले राप्तीसोनारी गाउँपालिकाको विकासका लागि नेपाली कांग्रेस सदैव लागि पर्ने बताए ।
वडा नम्ब–८ स्थित ढकेरीको घरदैलोमा बाँके काँग्रेस प्रवक्ता डिल्ली गिरी, वडा नम्बर–८ का अध्यक्षका उम्मेदवार नरेन्द्र विक्रम वलीसहित सदस्यका उम्मेदवार लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’