सानुलाई जिताउन वडाबासीको अपील


सानुलाई जिताउन वडाबासीको अपील

नोलगन्ज २७ वैशाख : नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष पदका उम्मेदवार मंगलप्रसाद वर्मा ‘सानु’लाई जिताउन वडाबासी आम मतदाताहरुले अपिल गरेका छन् ।

कुनै आरोप नखेपेका र बेदागी उम्मेदवार सानुलाई जिताएर आफ्नो वडाको विकास, सम्बृद्धि र ईज्जत जोगाउन अपील गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

वडाको विकास समानुपातिक ढंगबाट गर्ने उम्मेदवारलाई नै आफुले मत हाल्ने स्थानीय बासीन्दाहरुले बताए । ‘फरक राजनीतिक आस्था भएकै कारण कसैलाई काँखा कसैलाई पाखा गर्ने उम्मेदवार चाहिएन, स्थानीयबासी मतदाता भन्छन् –‘जनप्रतिनिधि भइसकेपछि सबैलाई एकै खाले व्यवहार गर्नुपर्छ त्यो व्यवहार सानु बाहेक अरुले गर्न सक्दैनन् भन्नेमा हामी विश्वस्त भइसक्यौं हाम्रो भोट सानुलाई ।’ मतदाताहरुले आफ्नो जनप्रतिनिधि भन्दा पनि गर्भलाग्ने खालको हुनुपर्ने बताए ।

सानु चारित्रिक हिसावले पनि अब्बल उम्मेदवार भएकाले उनीप्रति आस्था र भरोसा लागेको मतदाताहरु बताउँछन् । सानुले आफु निर्वाचित भए वडाबाट पाउने सरकारी सेवा सुविधा नलिने घोषणा गरिसकेका छन् । उक्त सेवा सुविधा स्थानीयबासीको हितमा खर्चिने उनको भनाइ छ ।