नेपालगन्ज २७ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टलाई मतदान गर्न नागरिक स्तरबाट स्वःस्र्फुत रुपमा अभियान चलाइएका बेला राजनीतिक दल सम्वद्ध नेता, कार्यकर्ताले पनि समर्थन जनाउने गरेका छन् । यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुर्व नेता तथा कार्यकर्ताले पनि मंगलबार (आज) सर्मथन जनाएका छन् ।
उक्त पार्टीका पुर्ववरिष्ठ नेता रेखा गुप्ताले एक विज्ञप्ती जारी गर्दै आफुहरुले उठाएको एजेण्डाहरु सहकारी वित्तीय विकास संस्थामा अपचलन भएको आम नागरिकको करोडौंको रकम असुल उपर गराउने तथा बाँके जिल्लाको समग्र विकास र समृद्धिका लागि प्रयास गर्न प्रतिबद्धता ब्यक्त गरेकाले निर्वाचनमा काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट लगायत काँग्रेस बाँकेका सम्पूर्ण उम्मेदवारलाई पूर्ण रुपले समर्थन गरेको जानकारी दिएकी हुन् ।
‘लोकतान्त्रिक समाजवादी पार्टी जिल्ला कार्यसमिति बाँकेका पुर्व वरिष्ठ नेता तथा कार्यकर्ताहरुको तर्फबाट हाल हुन गइरहेको यही २०७९ बैशाख ३० गतेका दिन स्थानीय निर्वाचनमा पुर्व नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार श्री प्रशान्त विष्ट ज्यु लगायत नेपाली काँग्रेस बाँके जिल्लाका सम्पूर्ण उम्मेदवारहरुलाई हामी लोकतान्त्रिक समाजवादी पार्टीका पुर्व नेता तथा कार्यकर्ताहरु पूर्ण रुपले सर्मथन गर्दछौ,’ विज्ञप्तीमा भनिएको छ ।
साथै गुप्ताले आफ्ना सम्पूर्ण कार्यकर्ता, सर्मथक र शुभचिन्तकहरुबाट नेता प्रशान्त विष्ट र नेपाली काँग्रेस बाँके जिल्लाका सम्पूर्ण उम्मेदवारलाई विजय गराउन हार्दिक अपील पनि गरेकी छन् ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी