नरैनापुरलाई विकासको राजमार्गमा डोर्याउने अठोट छः मौर्य


नरैनापुरलाई विकासको राजमार्गमा डोर्याउने अठोट छः मौर्य

नरैनापुर(बाँके) २७ वैशाख : नेपाली काँग्रेसका तर्फबाट नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले अब पाँच बर्षका लागि जनताको सेवकका रुपमा नरैनापुरमा कांग्रेसको आगमन निश्चित भइसकेको बताएका छन् ।

मतदातासंग मत माग्दै घरदैलोमा पुगिरहेका मौर्यले काँग्रेस बाहेक अरुले नरैनापुर बनाउन नसक्ने ठोकुवा समेत गरेका छन् । ‘अरु सबै स्वार्थी छन्, जाली झेली हुन्, सपना बाँडेर आफू बन्ने काममा मात्र ध्यान दिन्छन्, तर, कांग्रेस जनताको सेवकका रुपमा रहन्छ, जनअपेक्षा अनुरुप नै काम गर्छ,’ मौर्यले भने–‘नरैनापुरका जनताले यसपटक कांग्रेसलाई नै चाहेका छन् । ’

शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, कृषि लगायतका विषयलाई प्राथमिकता दिएर नरैनापुरलाई विकासको राजमार्गमा डोर्याउने आफ्नो अठोट रहेको अध्यक्षका उम्मेदवार मौर्यको भनाई छ । काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर काँंग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी बनाउन उनले आग्रह गरेका छन् ।

उपाध्यक्षी उम्मेदवार अतिकुन निशा खाँले रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी बनाएर पाँच वर्ष नरैनापुरका जनताको सेवकका रुपमा काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेकी छिन् ।