बेतहनी बाँके) २७ बैशाख : डुडुवामा मंगलबार आयोजित सभामा २ सय ५० भन्दा बढी काँगे्रसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसप्रति जनलहर बढेको र नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोसँग मात्र गाउँपालिका हाँक्न सक्ने क्षमता भएकाले काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् । जनता समाजवादी पार्टी(जसपा), नेकपा माओबादी केन्द्र, नेकपा एमाले र राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
काँग्रेसमा प्रवेश हुनेमा विभिन्न पार्टीका प्रभावशाली नेताहरु मोहम्मद साबिर खाँ, शिवचरण सिख, अजित सिंह सरदार, छबिलाल भण्डारी, आराधना राना, मोतिसरा थापा, सावितराम यादव, विजय विक्रम सिंह, शंकर दयाल यादव, राजेन्द्र सिंह सिख लगायत रहेका छन् । उनीहरुले जसपा, एमाले, माओबादी र राप्रपामा आफ्नो कुनै भविष्य नरहेको प्रतिक्रिया समेत दिएका छन् ।
नवप्रवेशीलाई गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी, उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानो, काँग्रेस बाँकेका सहसचिव रेणुसिंह ठाकुर, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायतले स्वागत टिका र खादा ओढाएर स्वागत गरेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’