नेपालगन्ज २८ वैशाख : जिल्ला प्रशासन कार्यालय बाँकेले तारा एयरलाई कारबाही गर्न सिफारिस गरेकोछ ।
नेपालगन्जदेखि जुम्ला गएको तारा एयरको जहाजले यात्रुलाई नेपालगन्जमै छुटाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कारवाहीको लागि सिफारिस गरेको हो ।
जुम्ला चन्दननाथ नगरपालिका–७ का गोविन्दबहादुर महतले आफूले तारा एयरको ईटिकट काटेर विमानस्थलमा पुगेको तर, जहाज समय अगावै जुम्ला उडाएका कारण आफू छुटेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाँकेले तारा एयरलाई कारवाही गर्न नागरिक उड्यन प्राधिकरण नेपालगन्जलाई पत्रचार गरेको छ ।
महतले आफू काठमाडौंबाट नेपालगन्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोर्डिङ समेत गरिसकेपछि छुटाएको भन्दै जाँचबुझ गर्न माग गरेका थिए ।
‘टिकटमा एक बजेको समय दिएको छ तर, अगावै जहाज उडाउँदा समस्या भयो’ महतले बताए । आफु समय अगावै विमानस्थलमा जाँदा उल्टै कर्मचारीबाट असहयोग पाएको उनले बताए ।
नेपालगन्ज यति एयरलाइन्सका स्टेशन म्यानेजर दीलिप कार्कीले मौसमका कारण जहाज केही चाँडै उडाइएको बताए । महत भने बोर्डिङ गरेर बाहिर गएकाले छुटेको उनको दावि छ ।
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो