परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने


परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

नेपालगन्ज २८ वैशाख : निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने बताएको छ ।

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचनका लागि आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने स्पष्ट पारेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।