नेपालगन्ज २९ वैशाख : गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले मतदान स्थलमा गोली चलाउनु पर्ने अवस्थालाई अन्तिम विकल्पका रुपमा लिइएको बताए । ‘भीड नियन्त्रणका लागि विभिन्न उपायहरु हुन्छन् । गोली चलाउने विकल्प अन्तिम हो’, उनले भने ।
स्थानीय प्रशासन ऐनअनुसार भीड नियन्त्रणका क्रममा गोली हान्ने आदेश प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था छ । तर, निर्वाचन सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीले मोबाइल अफिसरलाई उक्त अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था रहेको गृह प्रवक्ता पोखरेलले बताए ।
‘भरसक हरेक स्थानीय तहमा एक जना उपसचिवस्तरका मोबाइल अफिसर रहेका छन् । सुरक्षा व्यवस्थापनका लागि आदेश दिन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीले मोबाइल अफिसरलाई दिने व्यवस्था गरिएको छ ।
मोबाइल अफिसरले साथमा रहेका अन्य सुरक्षा कमाण्डरहरुसँग निर्णय गरेर उक्त आदेश दिन सक्छन्’, पोखरेलले भने ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’