‘मोबाइल अफिसर’को आदेशमा मतदान स्थलमा गोली चलाइनेछ !


‘मोबाइल अफिसर’को आदेशमा मतदान स्थलमा गोली चलाइनेछ !

नेपालगन्ज २९ वैशाख : गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले मतदान स्थलमा गोली चलाउनु पर्ने अवस्थालाई अन्तिम विकल्पका रुपमा लिइएको बताए । ‘भीड नियन्त्रणका लागि विभिन्न उपायहरु हुन्छन् । गोली चलाउने विकल्प अन्तिम हो’, उनले भने ।

स्थानीय प्रशासन ऐनअनुसार भीड नियन्त्रणका क्रममा गोली हान्ने आदेश प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था छ । तर, निर्वाचन सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीले मोबाइल अफिसरलाई उक्त अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था रहेको गृह प्रवक्ता पोखरेलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘भरसक हरेक स्थानीय तहमा एक जना उपसचिवस्तरका मोबाइल अफिसर रहेका छन् । सुरक्षा व्यवस्थापनका लागि आदेश दिन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीले मोबाइल अफिसरलाई दिने व्यवस्था गरिएको छ ।

मोबाइल अफिसरले साथमा रहेका अन्य सुरक्षा कमाण्डरहरुसँग निर्णय गरेर उक्त आदेश दिन सक्छन्’, पोखरेलले भने ।