नेपालगन्ज २९ वैशाख : स्थानीय तहको निर्वाचनका लागि बाँके प्रहरीले विशेष सुरक्षा सर्तकता अपनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले निर्वाचनमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोली खटिएको जानकारी दिए ।
उनका अनुसार मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालित भएका छन्, भने मतदान केन्द्र बाहिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भएका छन् । ‘मतदान केन्द्रलाई प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिनेछन्, बाहिरतिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी रहनेछन्,’ उनले भने ।
निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा १ सय ३६ मतदान स्थलमा ३ सय ७९ मतदान केन्द्र रहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना जनशक्ति परिचालित भएका छन् । निर्वाचनमा ४ हजार बढी सुरक्षाकर्मी परिचालितको बाँके प्रहरीले जनाएको छ ।
जिल्लामा कुल ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता छन् । यि मध्ये एक लाख ६७ हजार ३ सय ४९ पुरुष, एक लाख ६२ हजार १ सय १७ महिला र ७ जना अन्य मतदाता रहेका छन् । प्रवक्ता न्यौपानले एउटा मतदान केन्द्रमा कमाण्डरसहित ३ जना नेपाल प्रहरी र ६ देखी ७ जनासम्म म्यादी प्रहरी खटाइएको प्रष्ट्याए ।
जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न १७ वटा नेपाल प्रहरीको मोबाईल टोली परिचालन भएको छ । नेपाल भारत सीमा नाका बन्द छ । सीमा क्षेत्रलाई सशस्त्र प्रहरीले विशेष निगरानीमा राखेको प्रवक्ता न्यौपानेले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’