नेपालगन्ज ३० वैशाख : निर्वाचन आयोगका अनुसार शुक्रबार भएको स्थानीय तह निर्वाचनमा देशभर ४४ मतदान केन्द्रमा मतदान स्थगित भएकोछ ।
१४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको जनाएकोछ ।
स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
उनका अनुसार हिमाली र दुर्गम जिल्लामा शनिबारदेखि हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्न सुरु गरिनेछ । भने देशका अधिकांश स्थानमा आज नै मतगणा हुने भएकाले मतगणा स्थलमा मत पेटीका ओसार्ने काम भइरहेकोछ ।
यसैबीच, शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताए । ‘निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ’ उनले भने ।
धेरै मतदाता भएको ठाउँमा अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’