बर्दियामा ५० प्रतिशत बढि मत खस्यो

भोट हाल्न मतदाताहरु विहान ६ बजे देखि नै लाइनमा


बर्दियामा ५० प्रतिशत बढि मत खस्यो

गुलरिया (बर्दिया) ३० वैशाख : बर्दियामा स्थानीय तह निर्वाचन शान्तिपुर्ण सम्पन्न भएकोछ ।

बर्दियाका आठ वटा पालिकामा सौहार्दपुर्ण तथा शान्तिपुर्ण वातावरणमा मतदाताहरुले मतदान गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्लामा एक सय ५३ वटा मतदान स्थल तथा ३ सय ७१ वटा मतदान केन्द्र राखिएको थियो । ति स्थानबाट एक लाख ५२ हजार ७ सय ४२ जना पुरुष र एक लाख ५८ हजार ६ सय ६२ जना महिला गरी जम्मा ३ लाख ११ हजार ४ सय १० मतदाताहरुले आफ्नो मतको अधिकार प्रयोग गरे ।

प्रचण्ड गर्मिका कारण मतदाताहरु विहानै ६ बजे नै मतदान स्थलमा पुगेका थिए । कुल मतदातमा ५० प्रतिशत भन्दा बढि मतदान भएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले बताएकोछ ।