भोट हाल्न मतदाताहरु विहान ६ बजे देखि नै लाइनमा
गुलरिया (बर्दिया) ३० वैशाख : बर्दियामा स्थानीय तह निर्वाचन शान्तिपुर्ण सम्पन्न भएकोछ ।
बर्दियाका आठ वटा पालिकामा सौहार्दपुर्ण तथा शान्तिपुर्ण वातावरणमा मतदाताहरुले मतदान गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
जिल्लामा एक सय ५३ वटा मतदान स्थल तथा ३ सय ७१ वटा मतदान केन्द्र राखिएको थियो । ति स्थानबाट एक लाख ५२ हजार ७ सय ४२ जना पुरुष र एक लाख ५८ हजार ६ सय ६२ जना महिला गरी जम्मा ३ लाख ११ हजार ४ सय १० मतदाताहरुले आफ्नो मतको अधिकार प्रयोग गरे ।
प्रचण्ड गर्मिका कारण मतदाताहरु विहानै ६ बजे नै मतदान स्थलमा पुगेका थिए । कुल मतदातमा ५० प्रतिशत भन्दा बढि मतदान भएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले बताएकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’