नेपालगन्ज ३० वैशाख : स्थानीय तह निर्वाचन अन्र्तगत शुक्रबार भएको निर्वाचनमा देशभर ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएकोछ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा शुक्रबार राति १० बजेसम्म प्राप्त तथ्यांकअनुसार देशभर ६४ प्रतिशत मत खसेको जनाएको हो ।
आयोगले राजनीतिक दल र उम्मेदवारबीचको विवादले विभिन्न १६ जिल्लाका २८ पालिकाहरुमा मतदान स्थगित भएको पनि जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको बताएका छन् ।
उनले मतदान स्थगित भएका स्थानहरुमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने पनि बताए ।
आयोगले ७ प्रदेशमध्ये लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको जनाएको छ । आयोगका अनुसार मतगणना स्थलसम्म मतपेटिका ढुवानीको काम जारी रहेको र मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु गरिने छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’