देशभर ६४ प्रतिशत मत खस्यो, ७७ केन्द्रमा मतदान स्थगित


देशभर ६४ प्रतिशत मत खस्यो, ७७ केन्द्रमा मतदान स्थगित

नेपालगन्ज ३० वैशाख : स्थानीय तह निर्वाचन अन्र्तगत शुक्रबार भएको निर्वाचनमा देशभर ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएकोछ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा शुक्रबार राति १० बजेसम्म प्राप्त तथ्यांकअनुसार देशभर ६४ प्रतिशत मत खसेको जनाएको हो ।

आयोगले राजनीतिक दल र उम्मेदवारबीचको विवादले विभिन्न १६ जिल्लाका २८ पालिकाहरुमा मतदान स्थगित भएको पनि जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले मतदान स्थगित भएका स्थानहरुमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने पनि बताए ।

आयोगले ७ प्रदेशमध्ये लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको जनाएको छ । आयोगका अनुसार मतगणना स्थलसम्म मतपेटिका ढुवानीको काम जारी रहेको र मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु गरिने छ ।