बर्दियामा शान्तिपुर्ण निर्वाचन सम्पन्न : २ लाख २४ हजार ४९९ जनाले मतदान गरे


सेतोखरी सेतोखरी   शुक्रबार, वैशाख ३०, २०७९
बर्दियामा शान्तिपुर्ण निर्वाचन सम्पन्न : २ लाख २४ हजार ४९९ जनाले मतदान गरे

गुलरिया (बर्दिया) ३० वैशाख : बर्दियामा स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । मतपत्रहरु निर्वाचन अधिकृतको कार्यालयमा लगिएको छ । आज रातीबाटै मतगणना हुने भएको छ ।

आठ वटा पालिका रहेको बर्दियामा बढैयाताल गाँउपालिकामा ७३ प्रतिशत अर्थात ३७ हजार ३९ मतदाता मध्ये २६ हजार ९ सय ३१ जनाले मतदान गरेका छन् ।

राजापुर नगरपालिकामा ७२ प्रतिशत अर्थात ४३ हजार ५ सय ५३ मतदाता मध्ये ३१ हजार ३ सय ९० जनाले मतदान गरेका छन् । बारबर्दिया नगरपालिकामा ७२ प्रतिशत अर्थात ४९ हजार ५ सय ३६ मतदात सख्या रहेकोमा ३५ हजार ४ सय ४५ मत खसेको छ । यसैगरी बाँसगढि नगरपालिकामा ७१ प्रतिशत अर्थात ४३ हजार ४ सय ६४ मतदाता मध्ये ३० हजार ९ सय ४९ जनाले मतदान गरेका छन् ।

गुलरिया नगरपालिकामा ७५ प्रतिशत मत खसेको छ । ४३ हजार २ सय ५ मतदाता सख्या रहेकोमा ३२ हजार ५ सय २४ मत खसेको छ । मधुवन नगरपालिकामा ७१ प्रतिशत मत खसेको छ । सो नगरपालिकामा ३५ हजार २ सय ९५ मतदाताहरु मध्ये २५ हजार ४२ मत खसेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गेरुवा गाँउपालिकामा २५ हजार ७ सय ६१ मतदाता मध्ये १७ हजार ९ सय ४६ मत खसेको छ । जसको प्रतिशत ७० हुन आउँछ र ठाकुरबाबा नगरपालिकामा ७२ प्रतिशत मत खसेको छ । अर्थात ३३ हजार ५ सय ५७ मतदाता मध्ये २४ हजार २ सय ७२ जनाले मतदान गरेका छन् ।

मतदाताहरु विहान ६ बजेदेखि नै लाइनमा बसेका थिए । दिनभर प्रचण्ड गर्मिकाविच मतदाताहरुले मतदान गर्न पालो पर्खेका थिए ।

बर्दियामा जम्मा ३ लाख ११ हजार ४ सय १० मतदाता सख्या रहेकोमा जम्मा २ लाख २४ हजार ४ सय ९९ जनाले मतदान गरेका छन् । जिल्लामा एक सय ५३ वटा मतदान स्थल र ३ सय ७१ वटा मतदान केन्द्र राखिएको थियो ।