गुलरिया (बर्दिया) ३० वैशाख : बर्दियामा स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । मतपत्रहरु निर्वाचन अधिकृतको कार्यालयमा लगिएको छ । आज रातीबाटै मतगणना हुने भएको छ ।
आठ वटा पालिका रहेको बर्दियामा बढैयाताल गाँउपालिकामा ७३ प्रतिशत अर्थात ३७ हजार ३९ मतदाता मध्ये २६ हजार ९ सय ३१ जनाले मतदान गरेका छन् ।
राजापुर नगरपालिकामा ७२ प्रतिशत अर्थात ४३ हजार ५ सय ५३ मतदाता मध्ये ३१ हजार ३ सय ९० जनाले मतदान गरेका छन् । बारबर्दिया नगरपालिकामा ७२ प्रतिशत अर्थात ४९ हजार ५ सय ३६ मतदात सख्या रहेकोमा ३५ हजार ४ सय ४५ मत खसेको छ । यसैगरी बाँसगढि नगरपालिकामा ७१ प्रतिशत अर्थात ४३ हजार ४ सय ६४ मतदाता मध्ये ३० हजार ९ सय ४९ जनाले मतदान गरेका छन् ।
गुलरिया नगरपालिकामा ७५ प्रतिशत मत खसेको छ । ४३ हजार २ सय ५ मतदाता सख्या रहेकोमा ३२ हजार ५ सय २४ मत खसेको छ । मधुवन नगरपालिकामा ७१ प्रतिशत मत खसेको छ । सो नगरपालिकामा ३५ हजार २ सय ९५ मतदाताहरु मध्ये २५ हजार ४२ मत खसेको छ ।
गेरुवा गाँउपालिकामा २५ हजार ७ सय ६१ मतदाता मध्ये १७ हजार ९ सय ४६ मत खसेको छ । जसको प्रतिशत ७० हुन आउँछ र ठाकुरबाबा नगरपालिकामा ७२ प्रतिशत मत खसेको छ । अर्थात ३३ हजार ५ सय ५७ मतदाता मध्ये २४ हजार २ सय ७२ जनाले मतदान गरेका छन् ।
मतदाताहरु विहान ६ बजेदेखि नै लाइनमा बसेका थिए । दिनभर प्रचण्ड गर्मिकाविच मतदाताहरुले मतदान गर्न पालो पर्खेका थिए ।
बर्दियामा जम्मा ३ लाख ११ हजार ४ सय १० मतदाता सख्या रहेकोमा जम्मा २ लाख २४ हजार ४ सय ९९ जनाले मतदान गरेका छन् । जिल्लामा एक सय ५३ वटा मतदान स्थल र ३ सय ७१ वटा मतदान केन्द्र राखिएको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’