१० पालिकाको मतपरिणाम सार्वजनिक : कसले कहाँ जिते ?


१० पालिकाको मतपरिणाम सार्वजनिक :  कसले कहाँ जिते ?

नेपालगन्ज ३१ वैशाख : शुक्रबार भएको स्थानीय तहको निर्वाचनअन्तर्गत १० वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार अपराह्न २ बजेसम्म प्राप्त मतपरिणाम अनुसार एमालेले सर्वाधिक ५ वटा पालिकाको नेतृत्व पाएको छ ।

काँग्रेसले पनि तीन वटा पालिकामा नेतृत्व कब्जा गरेको छ । एकीकृत समाजवादीले २ वटा पालिकाको नेतृत्व हत्याएको छ । एमालेले एउटा र एकीकृत समाजवादीले दुई वटा पालिकाको नेतृत्व निर्विरोध पाएका हुन् ।

मनाङको चारवटै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । एमालेले मनाङ ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकाको अध्यक्षमा जित निकालेको छ ।

त्यस्तै, काँग्रेसका उम्मेदवारहरुले नार्पाभूमि गाउँपालिकामा र नासोँमा गाउँपालिकामा जित निकालेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

कसले कहाँ जिते ?

एमाले

१. मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
कान्छा घले÷एमाले– ८६१
छिरिङ ओङमा गुरुङ (घले)/काँग्रेस– ७१३

२. लो– घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले–
देव बहादुर गुरुङ/एकिकृत समाजवादी–

३.चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले– ३२०
छिरिङ ध्वर्जे लामा/ काँग्रेस– २७९

४. शे फोक्सुन्डो गाउँपालिका/डोल्पा
धावा सम्डुक गुरुङ/एमाले– निर्विरोध

५. बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
आङ्जेन गुरुङ/काँग्रेस

नेपाली काँग्रेस

१.घरपझोङ गाउँपालिका/ मुस्ताङ
मोहन सिंह लालचन/ काँग्रेस
सन्जय कुमार थकाली/ एमाले

२. नार्पाभूमि गाउँपालिका/ मनाङ
कोन्जो तेन्जीङ लामा/ काँग्रेस– १५८
कृष्ण बहादुर लामा/स्वतन्त्र– १११

३. नासोँमा गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ काँग्रेस
मन बहादुर गुरुङ/एमाले

एकीकृत समाजवादी

१. काइके गाउँपालिका/डोल्पा
अंगद कुमार राना/एकीकृत समाजवादी– निर्विरोध
२. छार्का साङतोङ गाउँपालिका/ डोल्पा
सेनाङ गुरुङ/एकीकृत समाजवादी– निर्विरोध